गोरखा- गाेरखा सेवा समाज, नेपालको अध्यक्षमा ईमानजंग बानियाँ चयन भएका छन् ।
समाजकाे शुक्रबार भएको चौंथो साधारण सभा एवं दोस्रो अधिवेशनबाट बानियाँ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । समाजको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा गणेश बानियाँ, सचिवमा हिक्मदिन मियाँ र कोषाध्यक्षमा काजिराम बानियाँ चयन गरेकाे छ ।
सदस्यहरुमा सन्दिप खत्री, सोम श्रेष्ठ, प्रेमप्रसाद पनेरु, मूस्तफा मियाँ र रिक्तबहादुर बानियाँ चयन भएका छन् । समाजको बिधान अनुसारको द्वितिय उपाध्यक्ष, सह-सचिव, सह-कोषाध्यक्ष र १ सदस्य पद भने आगामी बैठकले चयन गर्ने समाजका अध्यक्ष बानियाँले बताए ।
३५ जना बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण
समाजले जिल्ला भित्रका करिब ३५ बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरेका हुन् । छात्रबृत्ति बितरण गर्दै गुरुङले छात्रबृत्तिले बिद्यार्थीहरुलाई अध्ययनमा सहजता ल्याउने भन्दै यसको सही प्रयोगमा जोड दिए ।
समाजले आधारभूत तहका २८ र माध्यमिक स्तरका ७ जनालाई स्कुल ब्याग, ड्रेस र स्टेशनरी सामाग्री बितरण गरेको छ । जसमा आधारभूत स्तरका तहलाई ५ हजार र निमावि ७ हजार ५०० र मावि तहका बिद्यार्थीहरुलाई १० हजार बरावरको सामाग्री उपलब्ध गराएको समाजले जनाएकाे छ ।
समाज कतारबाट प्राप्त २५ लाख रुपैयाँको अक्षय कोषबाट प्राप्त ब्याज रकमबाट बर्षेनी स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गदै आएको छ ।