गोरखा– जिल्लाका ६८ मतदानस्थल अतिसंवेदनशील रहेका छन् । स्थानीय तहलाई लक्षित गरी बनाइएको सुरक्षा योजनामा ११ स्थानीय तहका ६८ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा राखिएको हो ।
जिल्ला सुरक्षा समितिका अनुसार चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाउने तयारी भएकाे बताए ।
२०७४ मा भएकाे प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पनि गाेरखाका यि मदानस्थल समेत अतिसंवदनशीलमा रहेका थिए । चुनाव प्रचारको क्रममा हुन सक्ने अस्वस्थ प्रतिस्पर्धाका हिसाबले त्यो क्षेत्रलाई अतिसंवेदनशील मानिएको हाे ।
गाेरखामा २१५ मतदान स्थल र ३२१ मतदान केन्द्र कायम भएका छन् । ति मध्ये ६८ वटा अतिसंवेदनशील, १ सय ३३ संवेदनशील र बाँकी रहेका अन्य मतदानस्थल सामान्य मानेको छ । उत्तरी गाेरखा र पालुङटार नगरपालिका, बारपाक-सुलिकाेट र भिमसेन थापा गाउँपालिकाका अधिकांश मतदान स्थाल यस्ताे सुचिमा समावेश भएका छन् ।
विगतका चुनावमा भएका घटना, भौगोलिक बनावट, चुनाव प्रचारका क्रममा हुन सक्ने झडप, संविधान संघीयता र चुनाव विरोधी समूहको गतिविधि लगायतका आधारमा मतदान स्थलहरुको सुरक्षा विश्लेषण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कमलरज भण्डारीले जानकारी दिए ।
अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए ।
अति संवेदनशील मतदानस्थलमा पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली र बाहिरी घेरामा नेपाली सेना र साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिनेछन् ।
याे पनि,
क्रान्तीकारी माओवादी गाेरखाले भन्याे : माओवादी केन्द्र कांग्रेसकाे ‘मतियार’ बन्याे
गाेरखाका चार दलकाे बैठक : केन्द्रकाे निर्णय मान्ने, एक आर्कामा आराेप नलगाउने
गोरखामा बढ्याे चुनावी सरगर्मी : कार्यालयमा भेटिन्नन् जनप्रतिनिधि !
गाेरखामा २३ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने
गाेरखामा २ लाख २० हजार मतदाता : २१५ मतदान स्थल, ३२१ मतदान केन्द्र
स्थानीय निर्वाचनको रौनक : गोरखामा कुन तहमा को बलियो ?
फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गाेरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्ताे हाेला ?