स्थानीय तह आफैमा एक प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भएको स्थायी सरकार हो। संघीय सरकारले, प्रदेश सरकारले स्थानीय सरकारलाई काममा लगाउन सकेन वा सक्ने जति गरेनन्, प्रतिपक्ष बिनाको सम्पूर्ण कार्यकारी अधिकार सम्पन्न सरकार हो- स्थानीय सरकार।
तर, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखहरू पहुँचको आधारमा सिफारिस चाकडीको आधारमा सिफारिस र सानातिना मुद्दा मामिलामा अल्झिएका छन् । स्थानीय तहमा नेतृत्व विकास भएकै रहेनछ । ठुला निर्माण व्यवसायी र ठेकेदारहरू जति नेतृत्वमा पुगेछन् । विकास समृद्धि सुशासन सामाजिक मर्यादा त निभेको जस्तै देखिन्छ।
संघीयतासँगै आएका स्थानीय तहका अधिकांश जनप्रतिनिधिहरूमा विकास गर्ने भन्दा पनि जनतालाई करको बोझ थोपरेर कर्मचारीसँगको मिलेमतोमा बजेट सिद्ध्याउने र जसरी भए पनि पैसा कमाउने काम बाहेक खासै माखो मार्ने केही गरेको देखिन्न। यस्ता क्रियाकलापले सङ्घीयताप्रति जनविश्वास घटाउने चाहिँ निश्चित छ।
स्थानीय निर्वाचनको मिति घोषणा भयो । हामीलाई अब कस्तो नेतृत्व आवश्यक छ ? अनिवार्य बहस हुन जरुरी छ। हाल नेतृत्व गरेका व्यक्तिहरूको पाँच बर्से कार्यकालको समीक्षा र स्थानीय तहको नेतृत्वको कार्यकुशलता मूल्याङ्कन हुनुपर्छ।
बहसको सुरुवात यहाँबाट गह्रौँ । अहिलेको नेतृत्वमा ऊर्जा, निष्ठा, दृष्टि, बौद्धिकता, रचनात्मकता, क्रियाशीलता, मौलिकता आखिर के नपुगेर होला जनअपेक्षा अनुरूपको काम भएको सुनिएको छैन। स्थानीय तहलाई संविधानले दिएको अधिकारको क्षेत्र पनि बृहत् नै छ। भलै संविधान कार्यान्वयनको पाँच वर्षलाई आधार वर्षको रूपमा लिन सकिएला।
तर, प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रणाली र पाँच बर्से स्थायी सरकार यो काम गर्ने असल दृष्टिकोण भएको व्यक्तिको लागि उपयुक्त समय थियो। एउटा राष्ट्रिय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको रिपोर्ट हेरौँ के रहेछ।
देशभर ठडिइरहेका छन् १७ अर्ब भन्दा बढीका भ्यु टावर
सरकारी १० अर्ब र सार्वजनिक-निजी साझेदारीमा ७ अर्ब लगानी
१८.७% जनसंख्या गरिबीको रेखामुनि,
८.६% जनसंख्या के खाऊँ के लाऊँ को अवस्थामा
जनताको माग र स्थानीय सरकारको ग्रामीण विकासको कार्य योजनामा पटक्कै तालमेल मिलेको देखिन्न। लाग्छ ठिंग ठडिएका भ्यु टावरले गरिबीलाई गिज्याइरहेका छन्। सामाजिक,आर्थिक र सांस्कृतिक समस्या प्रमुख बन्दै छन् । तर हाम्रो कार्य योजना चाहिँ अनुत्पादक बिलासी भौतिक विकाशमै केन्द्रित छ । सहरको विकास र ग्रामीण विकासको साझा सवाल र अन्तर बस्तुलाई पहिल्याउनु र ध्यान केन्द्रित भएको देखिन्न।
स्थानीय तहका सरकारहरूले डाँडामा भ्यु टावर बाटोमा प्रवेशद्वार बनाउँदा चाहिँ समृद्धि हुन्छ भन्ने बुझेका छन् कि के हो?जताततै भ्यु टावर र गेट बनाएका समाचार आउँछ। यस्ता अनावश्यक कुरामा लाखौँ खर्च गर्नु भन्दा कृषि, पूर्वाधार, जनतालाई प्रत्यक्ष आम्दानी हुने उत्पादनमूलक क्षेत्रमा लगानी गर्न किन सक्दैनन्?
समृद्धि ल्याउन ठाउँ खाली नराख्ने चेतनाको बीजारोपण स्थानीय तहमा व्यापक बढ्यो। खेतबारी घडेरी प्लटीङ्ग, डाँडामा भ्यु टावर, खोलाखोल्सा बगरको उस्तै चरम दोहन भएका सीमित बजेट रकम भ्यूटावर, स्वागत गेट, भीमकाय मूर्ति मन्दिर र डोजरे विकासमा खर्च हुन्छ।उपलब्धि शून्य।
स्थानीय तहको नेतृत्वमा हुनुपर्ने विकास र समृद्धिको दृष्टिकोण
स्थानीय सरकारले सडक सञ्जाल नै प्राथमिकतामा राख्नुपर्छ। किनभने एउटा गाउँबाट अर्को गाउँमा जाने बाटो समेत छैन।
यातायातका साधन गुड्न सक्दैनन् । त्यसैले सबै ठाउँमा यातायातको पहुँच सहज बनाउनुपर्छ भनेर सडकलाई नै प्राथमिकतामा राखिनुपर्छ। सडक सञ्जाल नभएसम्म अन्य विकासका कामले गति लिन सक्दैन।
सडक पूर्वाधारपछिको कार्य योजना शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा पर्नुपर्छ।
विद्यालयमा शौचालय र खानेपानीका पूर्वाधार जीर्ण छन्। त्यस्ता विद्यालयमा स्थानीय तहले ध्यान दिनै पर्छ । विद्यार्थीले पढ्न सक्ने वातावरण निर्माण गर्न र शैक्षिक क्षेत्रमा देखिएको विकृति सुधार्ने अर्को योजना कृषि सडक, कृषिमा आधुनिकता, दूध खरिद बिक्री केन्द्र, पशुपालनलगायत जस्ता किसान लक्षित कार्यक्रम पनि स्थानीय तहको प्राथमिकतामा राख्न सक्ने नेतृत्व आवश्यक नै छ।
उत्पादनमा जोड दिने विकास मात्र विकास हो । अरू सबै व्यापार हो। वैदेशिक रोजगार, बिजुली बत्ती, स्वागत गेट र भ्यु टावर बन्नु आदि कुरा विकास होइनन् । विकासका पहिलो स्वरूप उत्पादन हो । उत्पादनका लागि कति उद्योग खुले ? विकासका लागि कति योजना बने ? कति जमिन हराभरा भए ? प्रश्न यो हो!
कृषि मल बीउ समयमा उपलब्ध गराउन नसक्नु, किसानको दूध तथा उत्पादित तरकारी लगायतका वस्तु पर्याप्त मात्रामा बजारमा समयमा पुर्याउन नसक्नु, उत्पादनलाई बिक्री गर्न कठिनाइ, उत्पादित बस्तुको भण्डारण (कोल्ड स्टोर) अभावले धेरै नोक्सानी र सरकारले बनाएको कृषि बजार निजीलाई मात्र भयो यसलाई सर्वशुलब बनाउनुपर्छ।
सरकारी स्कुलहरूको पढाइको स्तर बढाउने र रुढीवादी समाजलाई चिर्न शैक्षिक गुणस्तर नै वृद्धि गर्नुपर्छ भन्ने स्पष्ट कार्यदिशा भएको र ग्रामीण होस् या सहरका सरकारी अस्पतालहरूको स्तर उन्नति,राम्रो सरसफाइ ध्यान पुर्याउने अनुत्पादक क्षेत्रमा हुने लगानी निरुत्साहित गर्दै उत्पादन मूलक क्षेत्रहरू कृषि उ मझौला उद्योग पर्यटन क्षेत्रको विकासमा जोड दिने खालको नेतृत्व आवश्यक छ।
स्थानीय तहलाई आत्मनिर्भर हुँदै अन्तरनिर्भर सम्म बनाउने लक्ष्यका साथ स्थानीय उत्पादनलाई प्रमुख प्राथमिकता दिने।
असल नेतृत्व त्यो हो जसले आफू हारेर पनि देसलाई जिताउन सकोस्, जुनसुकै परिस्थितिमा पनि निर्वाचन, भिड, भोट, घाटा, फाइदा नहेरी, नडराई नबिराई आफ्नो बिचार राख्न सकोस् ।
हामी नेपालीले देशको विकास र समृद्धि गर्नै चाहेको हो भनी जस्तो व्यक्तिलाई र जो पायो त्यसैलाई महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख, प्रादेशिक र संघीय सांसद बनाउने काम बन्द गरिनु पर्दछ ।
योग्यतवान क्षमतावान्लाई अगाडि सारिनु पर्छ । अनि मात्र देशको विकास हुन सक्छ।
एक पटक मात्रै आउने समयलाई हाम्रो समाजले ठिक मार्गमा लाग्ने उपयुक्त वातावरण दिएको छ, सबैले सोच्नै पर्ने बेला आएको छ। दुखद कुरा समय गतिशील छ अर्को सुखद कुरा त्यो गतिशील समयरूपी जहाजको पाइलट तपाई हामी नै हो। अब भन्नुहोस्, त्यो जहाज कहाँ कसरी पुर्याउने सचेत चेतनशील युवाको हातमा छ।
आजकै दिनदेखि सोच्नै पर्ने बेला आएको छ।
दक्ष जनशक्ति खुरु खुरु विदेश पठाउँदै आयातित खाद्यान्नको स्वाद लिएर मुलुकमा समृद्धि आउँछ जस्तो लाग्दैन, प्रत्येक स्थानीय तहमा सम्भाव्यतालाई अध्ययन गरी औद्योगिक क्षेत्र घोषणा गरी प्रशस्त रोजगारीको वातावरण बनाइ उत्पादन बढाउनु पर्छ । स्वदेशी पुँजी र दक्ष जनशक्ति विदेश पलायन हुन रोकिनु पर्छ ।
हामी नेपालीले देशको विकास र समृद्धि गर्नै चाहेको हो भनी जस्तो व्यक्तिलाई र जो पायो त्यसैलाई महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख, प्रादेशिक र संघीय सांसद बनाउने काम बन्द गरिनु पर्दछ ।
योग्यतवान क्षमतावान्लाई अगाडि सारिनु पर्छ । अनि मात्र देशको विकास हुन सक्छ।
राष्ट्रिय संवेदनशील विषय बाहेक सम्पूर्ण कुराहरू जनता सामु छर्लङ्ग राख्न सक्ने प्रशंसा र आलोचना दुबैलाई सहर्ष ग्रहण गर्ने नेता।
नेपाली राजनीतिमा सत्ता प्राप्तिको लागि चाकरीवाला, जोक्कार/दलाल भए मात्रै टेक्न/पुग्न सक्छन् भन्ने सोच भन्दा विकसित सोच ज्ञान चेतना भएको निष्ठावान्, इमानदारता र असल नेतृत्व गर्न सक्ने क्षमतावान् व्यक्ति चाहिएको छ।
हामीलाई इमोसनल ब्याकमेलिङ गरेर उचाल्ने/ पछार्ने वाहियातका राजनीतिक खेलाडी चाहिँदैन।
समृद्ध नेपाल निर्माणमा योगदान गर्न सक्ने भिजनकी नेता चाहिएको छ। हामीले हाम्रा स्रोतको सदुपयोग गरौँ,वैज्ञानिक कृषिलाई विकास गरौँ, बेरुजु र भ्रष्टाचारलाई अन्त्य गरौँ, स्थानीय उत्पादनलाई बजारीकरण गरौँ देशलाई आत्मनिर्भर बनाऊ बनाऔँ।
हामी अस्थिरता चाहँदैनौ, स्थिरता चाहान्छौं भने,
अन्त्यमा,
जनताको चाहना धेरै ठुलो र फरक छैनन्। तपाई हामीले चाहेकै विकास जनताले पनि चाहेका हुन्। सरकारी कामकाजमा हुने ढिलासुस्तीको अन्त्य होस, छिटोछरितो होस् अनि एउटै कामका लागि धेरै दिन दुःख पाउनु नपरोस् भन्ने चाहना जनताको छ।
सरकारी अड्डा, शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा लामो समय भोग्नुपरेको सास्ती अब अन्त्य होस् भन्ने चाहना छ। स्वास्थ्य संस्थामा उपचार सेवा र औषधि निःशुल्क पाइयोस्, बालबालिकाले राम्रोसँग पढ्न पाउन भन्ने चाहन्छन्। दीर्घकालीन विकासका कामलाई अघि बढाएको जनताले हेर्न चाहेका छन्।
एक पटक मात्रै आउने समयलाई हाम्रो समाजले ठिक मार्गमा लाग्ने उपयुक्त वातावरण दिएको छ, सबैले सोच्नै पर्ने बेला आएको छ। दुखद कुरा समय गतिशील छ अर्को सुखद कुरा त्यो गतिशील समयरूपी जहाजको पाइलट तपाई हामी नै हो। अब भन्नुहोस्, त्यो जहाज कहाँ कसरी पुर्याउने सचेत चेतनशील युवाको हातमा छ।
आजकै दिनदेखि सोच्नै पर्ने बेला आएको छ।
दक्ष जनशक्ति खुरु खुरु विदेश पठाउँदै आयातित खाद्यान्नको स्वाद लिएर मुलुकमा समृद्धि आउँछ जस्तो लाग्दैन, प्रत्येक स्थानीय तहमा सम्भाव्यतालाई अध्ययन गरी औद्योगिक क्षेत्र घोषणा गरी प्रशस्त रोजगारीको वातावरण बनाइ उत्पादन बढाउनु पर्छ । स्वदेशी पुँजी र दक्ष जनशक्ति विदेश पलायन हुन रोकिनु पर्छ ।
हामी नेपालीले देशको विकास र समृद्धि गर्नै चाहेको हो भनी जस्तो व्यक्तिलाई र जो पायो त्यसैलाई महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख, प्रादेशिक र संघीय सांसद बनाउने काम बन्द गरिनु पर्दछ ।
योग्यतवान क्षमतावान्लाई अगाडि सारिनु पर्छ । अनि मात्र देशको विकास हुन सक्छ।