२०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले तत्कालिन नयाँ शक्ति पार्टीलाई पालुङटार नगरपालिका र धार्चे गाउँपालिका दिएर गठबन्धन गरेको भए माओवादी केन्द्र अहिले कम्तिमा पनि आठ वटा स्थानीय तहको सत्ता नजिक हुने थियो । तर, तत्कालिन माओवादीका जिल्ला तहका नेताका ‘हठ’का कारण दुई स्थानीय तहमा मात्रै पुग्यो ।
स्थानीय निर्वाचनमा तत्कालिन नयाँ शक्ति पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई माओवादीका जिल्ला तहका नेताले ‘धुलो पिठो’ बनाइन्छ भन्दै गठबन्धन नगर्ने निर्णय लिएपछि नयाँ शक्तिका कारण माओवादीले धेरै स्थानीय तहमा हार व्यहोरो । धार्चे गाउँपालिकामा त करिब ६८ मतले नयाँ शक्ति पार्टीका उम्मेदवार लक्ष्मण गुरूङ पराजित हुन पुगे–कांग्रेसका उम्मेदवार सन्ताेष गुरूङसंग ।
तत्कालिन नयाँ शक्ति र मधेशि जनअधिकार फोरमविच पार्टी एकता भएपछि जिल्लामा जनता समाजवादी पार्टी (जसपा) को अस्तित्व के कति छ ? भन्दै माओवादीका जिल्ला तहका नेता तथा कार्यकर्ताले खासै चाम नभएको, वडा तहसम्म संगठन नै नभएको भन्दै ‘बिफ्रिङ’ गरेपछि जसपाका जिल्ला तहका नेताहरू माओावदीले फेरी हेप्न खोज्यौ भन्दै कांग्रेससंग चुनावी तालमेल गर्ने भन्दै वार्तामा बसे ।
जिल्ला तहका नेताहरू बार्ता बसेपछि कांग्रेसका एक केन्द्रीय सदस्य र जसपाका संघिय परिषद्का अध्यक्ष भट्टराईविच संमग्र गाेरखाकाे स्थानीय तह, आँउदै गरेकाे प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनमा तालमेल गरि जाने प्रस्ताव बाबुरामले राखेकाे ति केन्द्रीय सदस्यकाे दावी थियाे ।
भलै, त्याे प्रस्ताव माथी अहिलेसम्म कुनै फाेरममा छलफल त भएकाे छैन । तर त्यहि विन्दुबाट जसपा, गाेरखाले स्थानीय तहकाे चुनावी तालमेलकाे मध्यविन्दु बनाएकाे छ । कारण हाे- प्रतिनिधि सभा क्षेत्र २ र पालुङटार नगरपालिका । पालुङटार बाबुरामकाे गृह पालिका हाे । साे पार्टीका अनुसार जिल्लामा जसपाकाे सबैभन्दा राम्राे पार्टी संरचना भएकाे पालिकासमेत हाे ।
जिल्लामा रहेका ठुला दुई दलसहित सत्तारूढ चारदलवीच चुनावी तालमेल भए सबैभन्दा ठुलाे दल कांग्रेसले पहिला राेजेकाे स्थानीय तह पाउन सक्छ । अनि दाेस्राे ठुलाे दल माओवादीले राेज्न सक्छ । ११ स्थानीय तह र २ नगरपालिका रहेकाे गाेरखामा ठुला दलकाे भागमा नगरपालिका पर्न सक्छ ।
त्याे भनेकाे यदि चार दलविच चुनावी तालमेल भएमा गाेरखा नगरपालिका कांग्रेसले राेज्न सक्छ भने पालुङटार माओवादीले राेज्न सक्छ । त्यसैले पनि जसपा अरू सबै छाेड्न तयार छ । पालुङटार छाेड्न तयार नभएकाे हाे ।
जसपाका जिल्ला अध्यक्ष यान प्रसाद भट्ट पनि सत्तारूढ चार दलकाे चुनावी तालमेलका विषयमा के हुने हाे टुङ्गाे नभएकाे बताउँछन् । भन्छन्-‘पहिला ठुला दुई पार्टी कसरी अघि जान्छन् । त्यसमा हाम्राे भूमिका के हुन्छ भन्ने अहिले भन्न सकिन्न । सम्मानजनक चुनावी तालमेल नभएमा हामी गठबन्धनमा रहने या के गर्ने अझै छलफलकाे विषय बनिरहेकाे छ ।’
नेकपा एमालेबाट अलग भएर बनेकाे नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला अध्यक्ष यादव बहादुर बस्नेत भने अरू पार्टीसंग भन्दा पनि माओवादीसंग चाँहि मिलेर निर्वाचनमा जाने दावी गर्छन् । भन्छन् –‘हाम्रो पार्टीको संरचना नयाँ हो । हामी संगठन पार्टी निर्माणकै क्रममा छौं । त्यसैले अहिले नै हाम्रो कुन चाँह स्थानीय तहमा दावी भन्ने नहुन सक्छ । तर, पनि गठबनधनमा रहेपछि सबैको सम्मानजनक स्थान हुनुपर्छ ।’
यसरी हुदैं छ भागबन्डा
कांग्रेसले जिल्लाका अजिरकोट, शहिद लखन गाउँपालिका समेत सत्ता गठबन्धनका दलसंग मागेको छ । सुचना स्रोतका अनुसार कांग्रेसले अन्य तिनदलसंग करिब ७० प्रतिशत जनप्रतिनि मागेको छ । कांग्रेसले गाेरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचाेक गाउँपालिका, भिमसेन थापा गाउँपालिका, आरूघाट गाउँपालिका, धार्चे गाउँपालिका, गण्डकी गाउँपालिका र चुमनुव्री गाउँपालिकामा दावी गरिरहेकाे छ । यि स्थानीय तहमा पालुङटार र चुमनुव्रीमा उपप्रमुख मात्र माओवादी केन्द्रले जितेकाे थियाे ।
माओवादी गोरखाले सम्मानजनक र सैद्धान्तिक तरिकाले गठबन्धन गर्ने हो भने सात स्थानीय तहमा दावी गरेको छ। पालुङटार, अजिरकोट, धार्चे, बारपाक–सुलिकोट, चुमनुव्री, सिरानचाेक र शहिद लखन गाउँपालिकामा माओवादीको दावी रहेको छ ।
तर आईतबार माओवादी केन्द्रका गोरखाका १० केन्द्रीय सदस्यको बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको थियो । करिब २ बजेबाट पेरिसडाँडामा बसेको बेठक बेलुका ५ बजेसम्म बसेको थियो । बैठकले सबै एकजुट भएर निर्वाचन हाेमिन अप्रिल समेत गरेकाे थियाे ।
गठबन्धनका चार दलले जसपालालाई सिरानचोक गाउँपालिका दिन तयार भएको चर्चासमेत छ । याे कांग्रेसले जितेकाे स्थानीय तह हाे । शुक्रबार बसेकाे जिल्लाका चार दलकाे बैठकले कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्याैपानेकाे संयाेजकमा संयन्त्र बनाएका थिए । साेहि सयन्त्रकाे बैठक साेमबार बसेको हो ।
साेमबारको बैठकमा सत्तारूढ चारदलले आफ्नो सांगठिन संरचनासहितको खाका केन्द्रमा पठाउने, केन्द्रीय संयन्त्रको सर्कुलर भिन्न भिन्न आएकाले एकै प्रकारको सर्कुलर पठाउने अनुरोध गर्ने जस्ता निर्णय भएको एक सदस्यले बताए । उनका अनुसार बैठकमा कुन स्थानीय तह कसलाई दिने या के गर्ने भन्ने बिषयमा अहिले नै छलफलको क्रममा रहेको चर्चा छ । जानकारहरूका अनुसार आगामी बुधबार बस्ने बैठकमा ११ पालिका स्तरदेखि ९४ वडा स्तरसम्ममा कुन कसलाई भन्ने बिषयमा छलफल हुने दावी छ ।
गोरखाका एघार स्थानीय तहमा कांग्रेस आफ्नो उपस्थिति बलियो बनाउन चाहान्छ भने माओवादी २०६४ को शक्ति फेरि उदय गर्न चाहान्छ । गठबन्धनका अन्य दल आफ्नो अस्तित्व रक्षा गर्ने तरखरमा छन् । कांग्रेस गोरखाका पूराना नेता तथा कार्यकर्ताले पार्टी भित्र विचौलीया हावी भएको गुनासाे गर्दै आएका छन्। कांग्रेसकाे १४औं महाधिवेशनमा उम्मेदवार बनेर पराजित भएका नेता तथा कार्यकर्तासंगको भएकाे छलफल कार्यक्रममा अधिकांश कार्यकर्ताले कांग्रेस भित्र विचौलीया हावी भएको बताएका थिए ।
१४ औं महाधिवेशनमा वडा, पालिका तथा क्षेत्रिय प्रतिनिधिमा धनाड्यहरु हाबी भएको कार्यकर्ताले गुनासो गरेका थिए । पैसाकै आडमा राजनीतिमा आएका अधिकांश विचौलीया उम्मेदवार निर्वाचित भएको भन्दै महाधिवेशनमा पराजित भएका उम्मेदवारले कांग्रेस गाेरखामा निष्ठा भन्दा पैसा हाबी भएको गुनासो गरेका थिए ।
उम्मेदवारी दिएर निर्वाचित हुनेमा विवादास्पद छविका र पार्टीभित्रै बिचौलिया भनेर चिनिएका नेताहरु धेरै रहेका छन् । उनीहरुले पैसाकै आडमा कांग्रेस भित्र राजनीति गरेको भन्दै कांग्रेसका पूराना नेता तथा कार्यकर्ता महाधिवेशन प्रतिनिधिमा पराजित हुनुपरेकाे गुनासाे गरिरहेका छन् ।
उनीहरूले त्यसबेला भनेका थिए- ‘कांग्रेसको आन्तरिक निर्वाचनमा पैसाको खोला बगाईयो भने आँउदै गरेको निर्वाचनमा हाम्रो भूमिका के हुन्छ हेर्नुहोला ।’ निर्वाचनमा पराजय भाेगेकाे कांग्रेसका पूराना नेताकाे याे भनाईबाट डराएको कांग्रेस सत्ता गठबन्धन दललाई सात स्थानीय तह दिएर पनि गठबन्धन गर्न तम्सिएको चर्चा छ ।
माओवादी केन्द्रभित्र तिन गुट सक्रिय छ । जानकारका अनुसार एकले आर्कासंग बोलचालसमेत बन्द भएको समयमा स्थानीय निर्वाचन नजिएको छ । यसमा पनि आफ्नो गुटका कुन चाँहि उम्मेदवार उठाँउदा आफुलाई फाइदा पुग्छ । त्यहि अनुसार योजना बनाएका छन् । तिन गुटमा जिल्लाका तिन केन्द्रीय सदस्यले नेतृत्व गर्दै आएका छन् ।
गोरखा माओवादी पार्टीमा पूर्व जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य चुडामणी खड्काको कुनै बेला ‘पकड’ भएको जिल्ला हो । पछिल्लो समय नेतृत्वका सवालमा उनी धेरै ठाँउमा चुकेपछि जिल्लामा नयाँ गुट जन्मिएको हो । यो गुटले २०७४ को स्थानीय निर्वाचनमा ध्यस्त बनाएको पार्टी २०७९ को निर्वाचनमा पनि फैलिने भन्दै जिल्ला तहका नेता कार्यकर्ताले सार्वजनिक सञ्जालमा चिन्ता प्रकट गर्न थालेका छन् । उनीहरू भन्छन्- ‘माओवादी पार्टी फेरी २०६४ को अवस्थामा ल्याउन सकिन्छ । सबै एकजुट हुने समय आयो ।’
याे पनि,
गोरखाका ६८ मतदानस्थल ‘अति संवेदनशील’
क्रान्तीकारी माओवादी गाेरखाले भन्याे : माओवादी केन्द्र कांग्रेसकाे ‘मतियार’ बन्याे
गाेरखाका चार दलकाे बैठक : केन्द्रकाे निर्णय मान्ने, एक आर्कामा आराेप नलगाउने
गोरखामा बढ्याे चुनावी सरगर्मी : कार्यालयमा भेटिन्नन् जनप्रतिनिधि !
गाेरखामा २३ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने
गाेरखामा २ लाख २० हजार मतदाता : २१५ मतदान स्थल, ३२१ मतदान केन्द्र
स्थानीय निर्वाचनको रौनक : गोरखामा कुन तहमा को बलियो ?
फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गाेरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्ताे हाेला ?