गाेरखा- बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस गाेरखाले जिल्लाका एघार स्थानीय तहमा नै आंकाक्षी उम्मेदवारकाे सूची तयार गरेकाे छ । कांग्रेस गाेरखाले जिल्लामा एघार वटै स्थानीय निर्वाचनमा उम्मेदवार बन्न याेग्य आंकाक्षीकाे सूची तयार गरेकाे हाे ।
पार्टी केन्द्रीय कार्यालयले जिल्लामा तत्काल उम्मेदवारकाे अन्तिम टुंगो नलगाउनु भनिएकाले सार्वजनिक नभएकाे हाे । तर, जिल्लाका सबै स्थानीय तहमा पालिका कमिटि मार्फत उम्मेदवार आंकाक्षा व्यक्त गर्नेकाे सूची तयार गरिरहेकाे हाे ।
गाेरखा नगरपालिकाका आंकाक्षी उम्मेदवार
जिल्लाकाे सबैभन्दा ठुलाे नगरपालिकामा रूपमा हेरिएकाे गाेरखा नगरपालिकामा कांग्रेसका तर्फबाट दश जनाले मेयरमा आंकाक्षी व्यक्त गरेका छन् । उपमेयरमा सातजनाकाे आंकाक्षी व्यक्त गरेका छन् ।
तरूण दलका नेतादेखि मेयर, उपमेयरलगायतका अन्यले मेयरमा आंकाक्षी राखेका हुन् । मेयरमा आंकाक्षी राख्नेमा संगठन विभाग केन्द्रीय सदस्य तथा जिल्ला पार्टीका पूर्व सभापति भूगाेल थापा, जिल्ला सचिव किशाेरजंग थापा, मेयर राजनराज पन्त, उपमेयर विनाकुमारी श्रेष्ठ, इमानसिंह बस्नेत, शाेभा अधिकारी, दीलबहादुर थापा, विश्वदेव श्रेष्ठ, हरि गान्धारी, पूर्णबहादुर पन्त (ध्रुब) छन् ।
यिनिहरूमा संस्थापन पक्षबाट मेयर पन्त र संस्थापन इतरबाट थापा मेयरका बलिया आंकाक्षी हुन् । मेयर पन्त कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे निकटका हुन् । निकै विवादका विच पाँच बर्ष कटाएका पन्त कार्यपालिकामा दुई तिहाई मतका साथ बहुमतमा भएपनि कम्युनिष्टका कारण नगरपालिकाकाे विकास गर्न नसकिएकाे भन्दै फन्छिदै आएका छन् ।
कांग्रेस जिल्ला भित्र मेयर पन्तलाई फेरि मेयरकाे टिकट दिन नहुने चर्काे आवाजसमेत उठेकाे छ । नगरपालिकाकाे विकास गर्न धेरै अवसर आएकाे भएपनि आफ्ना र कमिसनकाे पछि लागेर हेलचक्राईमा पाँच बर्ष विताएकाे भन्दै पार्टीका कार्यकर्ता नै निराश भएका छन् ।
उपमेयरमा सात जनाकाे उम्मेदवार परेकाे छ । उनीहरूमा मिनादेवि श्रेष्ठ, पम्फा गान्धारी, गाेमा दवाडी, सुवास श्रेष्ठ, मसली माया थाेकर, शरद श्रेष्ठ र रिता परियारले आंकाक्षी राखेका हुन् ।
पालुङटारमा नाै जना मेयर र छ जना उपमेयरका आंकाक्षी
जिल्लाकाे गाेरखा नगरपालिका पछिकाे नगरपालिका हाे- पालुङटार नगरपालिका । २०७४ काे स्थानीय निर्वाचनमा दिर्धमान गुरूङ (नारायण) र मेयर दीपकबाबु कंडेलविच कडा टक्कर चलेकाे थियाे । त्यहि टक्करकावीच कंडेल टिकट हात पारे र मेयरमा निर्वाचित भए ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मेयर पन्त दाेहाेरिने भन्दा पनि गण्डकी प्रदेश सभातिर जान खाेजेकाे चर्चाकावीच नाैं जनाले मेयरमा आंकाक्षी ब्यक्त गरेका छन् ।
जिल्ला काेषाध्यक्ष बलराम खड्का, मेयर कंडेल, नगर सभापति विमल ढकाल, प्रदेश सभा क्षेत्र न २ ‘क’ का सभापति दिर्धमान गुरूङ, गण्डकी प्रदेश कमिटि पूर्ण बहादुर राना, पूर्व महिला संघकी केन्द्रीय सदस्य अम्बिका न्याैपाने, गणेश देवकाेटा, प्रदेश सचिव शुरज श्रेष्ठ र क्षेत्रिय सचिव सराेज देवकाेटा पालुङटार मेयरका आंकाक्षी हुन् ।
कांग्रेस जिल्ला सदस्य चेताकुमाी श्रेष्ठ गत स्थानीय निर्वाचनमा पालुङटारकाे उममेयरमा माओवादी केन्द्रका उम्मेदवार पम्फा बसेलसंग पराजित भएकी थिइन् । उपमेयरमा पराजित भएसंगै सक्रिय राजनीतिमा लागेकी उनी फेरि उपमेयरमा उम्मदेवारी दावी गरेकी छिन् । उनीसंगै महाधिवेशन प्रतिनिधि पार्वति नेपाली, प्रदेश प्रतिनिधि राधा पन्थी, प्रकाश गुरूङ, नगर काेषाध्यक्ष प्रर्मिला राना र नगर उपसभापति सुनिता सापकाेटाले उपमेयरमा उम्मदेवारी दावी गरेका छन् ।
जिल्लामा सत्तारूढ चार दलवीच गठबन्धन बन्ने प्रयास भएपनि गठबनधन बन्ने नबन्ने अझै बलियाे आधार नभएकाे बेलामा कांग्रेसले जिल्लाका एघार वटै स्थानीय निर्वाचनमा उम्मेदवारकाे सुची तयार गरिरहेकाे हाे ।
जिल्लामा चार दलकाे पहिलाे बैठक शुक्रबार र साेमबार गरि बसेकाे थियाे । अब बुधबार बस्ने बैठकले गठबन्धन दल सम्बद्व दलबाट कुन पालिका कुन पार्टीकाे भागमा पर्छ त्यहि अनुरूप आफ्नाे उम्मेदवारकाे सुची जिल्ला हुदैं प्रदेश कार्यालय पठाउने कांग्रेस गाेरखाले जनाएकाे छ।
याे पनि,
स्थानीय निर्वाचन गाेरखा : विरासत फर्काउने दाउमा माओवादी, कांग्रेसलाई आफ्नैको डर !
गोरखाका ६८ मतदानस्थल ‘अति संवेदनशील’
क्रान्तीकारी माओवादी गाेरखाले भन्याे : माओवादी केन्द्र कांग्रेसकाे ‘मतियार’ बन्याे
गाेरखाका चार दलकाे बैठक : केन्द्रकाे निर्णय मान्ने, एक आर्कामा आराेप नलगाउने
गोरखामा बढ्याे चुनावी सरगर्मी : कार्यालयमा भेटिन्नन् जनप्रतिनिधि !
गाेरखामा २३ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने
गाेरखामा २ लाख २० हजार मतदाता : २१५ मतदान स्थल, ३२१ मतदान केन्द्र
स्थानीय निर्वाचनको रौनक : गोरखामा कुन तहमा को बलियो ?
फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गाेरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्ताे हाेला ?