गोरखा- नेपाली कांग्रेस, गोरखाले वडा तहदेखि नै आंकाक्षी उम्मेदवारको सूची तयार गरिरहेको छ । कांग्रेस गोरखाले ११ स्थानीय तहका चार प्रदेश निर्वाचन क्षेत्रमार्फत त्यस्ता उम्मेदवारको सूची तयार गरिरहेको हो ।
मंगलबार जिल्लाको एघार वटै स्थानीय तहमा बसेको बैठकमा आंकाक्षी उम्मेदवारले निवेदन दिएका हुन् । जिल्लाका २ नगरपालिकामा यसअघि नै पालिका लाइभले समाचार ब्रेक गरिसकेकाे छ भने यहाँ नाैं स्थानीय तहका आंकाक्षी उम्मेदवारको चर्चा गरिने छ ।
अजिरकाेट
अजिरकाेट गाउँपालिका अध्यक्षमा फेरि फणीन्द्र धिताल उठ्ने इच्छा व्यक्त गरेका छन् । उनी कांग्रेस गोरखाका पुराना नेतामा चिनिन्छन् । पाँच बर्षकाे कार्यअनुभवका आधारमा पनि उनी फेरि अध्यक्ष उठ्ने र पालिकाको विकास गर्ने इच्छा व्यक्त गरेका हुन् । उनी महासमिति सदस्यसमेत हुन् । अध्यक्षमा पालिका उपाध्यक्ष चन्द्रमाया गुरुङसमेत आंकाक्षी हुन् ।
उनीसंगै वडा न ३ र ४ का वडाध्यक्षसमेत पालिका अध्यक्षमा उम्मेदवारको आंकाक्षी हुन् । वडा अध्यक्षमा पालिका भरि नै सबैभन्दा राम्रो काम गरेको भन्दै चर्चामा रहेका वडा न ४ सिम्जुङका वडाध्यक्ष जंगबहादुर गुरुङ पनि इच्छा व्यक्त गरेका छन् । कांग्रेसभित्र करिब १० वर्षअघि सक्रिय राजनीतिमा आएका उनी पालिका अध्यक्षका प्रमुख दाबेदार हुन् ।
उनीसंगै वडा न ३ का वडाध्यक्ष तयराज गुरुङ, तुलसीराज धिताल, जिल्ला सचिवमा पराजित भएका ओम बहादुर गुरुङ, महाधिवेशन प्रतिनिधि दिनेश सुनार, क्षेत्र न २ का क्षेत्रीय सभापति गाेविन्द्र बहादुर गुरुङ, सिम्जुङ गाविसका पूर्व सभापति बुद्धि बहादुर तामाङ, झनबाहादुर दवाडी, महाधिवेशन प्रतिनिधि सुवास अधिकारी, मदन बाबु दवाडी, तेज बहादुर शेर्पा, र महाधिवेशन प्रतिनिधि मिना अधिकारी अध्यक्षमा दाबी गरेका छन् ।
उपाध्यक्षमा महाधिवेशन प्रतिनिधि इन्द्र गुरुङ, सरस्वती धिताल, क्षेत्रीय प्रतिनिधि कमला धिताल, विष्णुमाया अधिकारी, जिल्ला समिति सदस्य गैरी तामाङ, इतराज सुनार र कृष्ण घलेले आंकाक्षी व्यक्त गरेका छन् ।
सिरानचाेक
सिरानचाेक गाउँपालिकामा फेरि राजु गुरुङले अध्यक्षको दाबी गरेका छन् । उनीसंगै पालिका सभापति भक्तबहादुर थापा, राजु थापा, प्रदीपबाबु ढकाल, विष्णुप्रसाद प्राेखरेल, किशाेर गुरुङ, चन्द्रप्रसाद पाेखरेल (सीपि), महाधिवेशन प्रतिनिधि नवीन श्रेष्ठ, प्रेस युनियनका जिल्ला अध्यक्षसमेत रहेका पत्रकार नरेन्द्र ढकाल, वडा न २ का वडाध्यक्ष ज्ञानेन्द्र गुरुङ, मोहन प्रकाश पोखरेल, कुमारी गुरुङ र जीवन बानियाँ पालिका अध्यक्षमा दाबी गरेका छन् ।
पालिका उपाध्यक्षमा फेरि रिता देवकोटा आंकाक्षी हुन् । उनीसंगै नेवि संघकाे राजनीति गर्दै आएकी सुनिता पोखरेल, भावना दानी र जिल्ला कार्यसमिति सदस्य शिला दवाडी आंकाक्षी हुन् ।
बारपाक-सुलिकाेट
२०७४ काे स्थानीय निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार विष्णुप्रसाद भट्टसंग फराकिलो मतका साथ पराजित भएका कांग्रेस उम्मेदवार जितबहादुर घले फेरि पालिका अध्यक्षमा आंकाक्षी हुन् । उनीसंगै प्रदेश सभा ‘ख’ का सभापति दिनेश खनखवास, प्रदेश निर्वाचन क्षेत्रका सचिव कृष्ण बहादुर गुरुङ र महाधिवेशन प्रतिनिधिमा हार व्यहाेरेका हरि देवकोटा आंकाक्षी हुन् ।
उपाध्यक्ष जिल्ला सदस्य अम्बिका थापा, जानुका सापकोटा, लेखमाया गुरुङ राना र प्याउली गैरै आंकाक्षी हुन् ।
सहिद लखन
सहिद लखन गाउँपालिकामा स्थानीय तहमा कांग्रेसका ठुला हस्तिको लडाइँ चल्ने देखिएको छ । कांग्रेसका तर्फबाट सहिद लखनमा नाैं जना हस्तिले उम्मेदवारीमा आंकाक्षी देखाएका हुन् ।
कांग्रेस जिल्ला सचिव कृष्ण बहादुर आले, वडाअध्यक्षद्वय शरण श्रेष्ठ र कांशिनाथ अगाइ, जिल्ला समन्वयन समितिकी उपप्रमुख जानुका अधिकारी, प्रदेश निर्वाचन क्षेत्रका सभापति खुनप्रसाद रेग्मी, कमला लामिछाने, जर्नादन अर्याल, उमेशराज वाग्ले र नारायण प्रसाद लामिछानेले आंकाक्षी राखेका छन् ।
उपाध्यक्षमा निर्मला श्रेष्ठ, महाधिवेशन प्रतिनिधि शर्मिला श्रेष्ठ, जिल्ला सदस्य टिका श्रेष्ठ र कविता ढकाल रहेका छन् ।
भीमसेन थापा
भीमसेन थापा गाउँपालिकामा पालिका अध्यक्ष ईश्वर पाण्डे दोहोर्याउने छन् भनी ठानिएका उनी फेरि नहाेर्याउने भएका छन् । उनीसंगै चर्चामा रहेका संघीय विकास प्रणालीमा नेपालमा दिगो विकास रणनीतिका अध्येता, निवर्तमान केन्द्रीय विभागका सचिव युवराज बस्ताकोटीले आंकाक्षीमा उम्मेदवारी नदिएपछि चर्चाको विषय बनेको छ ।
अध्यक्षमा दाबी गर्नेहरूमा प्रदेश सभा निर्वाचन समितिका सभापति ठाकुर प्रसाद भट्ट, कृष्ण बहादुर बानियाँ, तारानाथ पुडासैनी, रोशन गुरुङ, भरत भट्ट, विनु वाग्ले, लीला लामिछाने, विदेश नराल र मुक्ति ढकाल रहेका छन् । उपाध्यक्षमा सरिता भट्ट केसी, विनु लामिछाने अमृता वस्ति, इन्द्र कुमारी तिवारी, शोभा खनाल र शोभा बस्ताकोटी रहेको कांग्रेस गोरखाले जनाएको छ ।
आरूघाट गाउँपालिका
आरूघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालसमेत फेरि अध्यक्षमा नहाेर्याउने भएका छन् । उनले मंगलबारकाे उम्मेदवारीमा आंकाक्षीमध्येमा दर्ता गरेनन् । आरूघाटमा राजु गुरुङ, गंगा प्रसाद अधिकारी, ईश्वर अधिकारी र ज्ञानप्रसाद श्रेष्ठले दाबी गरेको जनाइएको छ । जसको उपाध्यक्षमा विपसा गुरुङ, गोमा ढकाल, शाेविता परियार, कल्पना नेपाली, सत्यदेवी अधिकारी, उमाकुमारी गुरुङ र संगिता सुरखेती रहेका छन् ।
धार्चे गाउँपालिका
धार्चे गाउँपालिकाको अध्यक्षमा फेरी सन्तोष गुरुङ दोहोर्याउने तयारी गरेका छन् । उनीसंगै गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ, एलिजा गुरुङ, धनप्रसाद गुरुङ र पुष्कर गुरुङले इच्छा व्यक्त गरेका छन् । धार्चेमा उपाध्यक्षमा कसैको पनि आंकाक्षी उम्मेदवारी छैनन् ।
चुमनुव्री गाउँपालिका
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका अध्यक्षमा पुनः धनबहादुर गुरुङ दोहोर्याउने तयारीमा छन् । उनीसंगै सूर्य बहादुर गुरुङ, वाङ चुक राप्तेन लामा, छेवाङ ग्याल्जेन लामा, दीपेन्द्र गुरुङ छन् भने उपाध्यमा जाेनिशा गुरुङ र मेताेक छाेकी लामा छन् ।
गण्डकी गाउँपालिका
जसमा गण्डकी गाउँपालिकाका हालका अध्यक्ष एवं पार्टी सभापति होम बहादुर राना, भीम अर्याल, तुलाराम दाहाल, श्यामप्रसाद लामिछाने, ध्रुवप्रसाद खनाल, दिनेश पन्त, जानुका पन्त लगायत रहेका छन्।
याे पनि,
स्थानीय तह निर्वाचन गाेरखा : यि हुन् कांग्रेसका मेयर र उपमेयरका ‘आंकाक्षी उम्मेदवार’
स्थानीय निर्वाचन गाेरखा : विरासत फर्काउने दाउमा माओवादी, कांग्रेसलाई आफ्नैको डर !
गोरखाका ६८ मतदानस्थल ‘अति संवेदनशील’
क्रान्तीकारी माओवादी गाेरखाले भन्याे : माओवादी केन्द्र कांग्रेसकाे ‘मतियार’ बन्याे
गाेरखाका चार दलकाे बैठक : केन्द्रकाे निर्णय मान्ने, एक आर्कामा आराेप नलगाउने
गोरखामा बढ्याे चुनावी सरगर्मी : कार्यालयमा भेटिन्नन् जनप्रतिनिधि !
गाेरखामा २३ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने
गाेरखामा २ लाख २० हजार मतदाता : २१५ मतदान स्थल, ३२१ मतदान केन्द्र
स्थानीय निर्वाचनको रौनक : गोरखामा कुन तहमा को बलियो ?
फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गाेरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्ताे हाेला ?