काठमाडौं- स्थानीय तहको निर्वाचन मिति नजिकिदै जादाँ आंकाक्षीहरुले आ-आफ्नो दावी प्रस्तुत गर्न थालेका छन् । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएसंगै मुख्य दलबाट आकाक्षीहरुको चर्चा हुन थालेको हो ।
स्थानीय तहमा कसैले आफ्नो दाबी नै अघि सारेका छन् भने कसैको भने स्वभाविक चर्चा हुन थालेको छ ।
त्यस मध्य एक हुन् नेकपा (एमाले) धादिङका नेता गोकर्ण रुपाखेती । रुपाखेती एमालेबाट थाक्रे गाउँपालिका अध्यक्षमा चर्चा हुन थालेको छ । निरन्तर वाम राजनीतिमा सक्रिय रुपाखेती धादिङका स्थापित नेता हुन् ।
रुपाखेती एमालेबाट थाक्रेका बलिया उम्मेद्बार हुन् । स्थानीय जनताविच लोकप्रिय रुपाखेती जनताको काममा निरन्तर सक्रिय रहदै आएका छन् । थाक्रेलाई बिकासको नयाँ उचाईमा लैजान एमालेबाट रुपाखेतीलाई अध्यक्षमा अघि बढाउनु पर्ने स्थानीय नेताकार्यकर्ता बताउँछन् ।
थाक्रेवासीविच लोकप्रिय रुपाखेती स्थानीय जनताका समस्यालाई आफ्नै समस्या ठानी सेवा गर्दै आएका छन् । उनलाई अन्यदलको समेत साथ रहने चर्चा थाक्रेमा चल्ने गरेको छ ।
एमालेका केन्द्रिय नेताहरुसंग समेत राम्रो सम्बन्ध रहेका रुपाखेतीले मात्र गठबन्धनका उम्मेदवारलाई हराउन सक्ने स्थानीय एमाले कार्यकर्ता बताउँछन् ।