काठमाडौं- सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति पनि गठन गरेको थियो । त्यो टोलीमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनादर्न शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ छन् ।
शुक्रबार अधिकारीले सरकारले आफूमाथि गरेको निर्णय सम्बन्धी पत्र बुझिसकेका छन् । विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेकाले गभर्नरबारे अध्ययन गर्न मन्त्रीहरुको अनौपचारिक टिम नै बनेको थियो ।
अधिकारी नेपाल राष्ट्र बैंकका १७औं गभर्नर हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अधिकारीलाई २०७६ चैत्र २४ गते नियुक्त गरेको थियो।
उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँग चैत २५ गते मंगलबारको दिन सपथ ग्रहण गरेका थिए। अहिले पनि खतिवडाको इसारामा काम गरेका भन्दै उनलाई अर्थ मन्त्रालयले कारबाही गरेको हो।