फाइल तस्बिर
काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले केपी ओली नेतृत्वको सरकारले साढे तीन वर्षसम्म केही काम नगरेको आरोप लगाएका छन्।
पार्टीको जनसभामा ओलीले अमेरिका र विदेशी गुप्तचरसँग मिलेर देशलाई दक्षिणपन्थी अवसरवादको आहालमा लगेको आरोप लगाए।
‘‘४२ महीना सरकारमा बसेको खड्गप्रसाद ओलीको नेतृत्वको सरकारले एउटा फुटेको कौडी पनि गर्न सकेन,” उनले भने, ‘‘दक्षिणपन्थी अवसरवादको आहालमा लैजान थाले, अमेरिकाको सेवा गर्न थाले, विदेशी गुप्तचरको प्रमुखसँग आधा रातसम्म छलफल गर्न थाले।”
यसैगरी उनले ‘सुखी नेपाली समृद्ध नेपाल’को चाहना जबज र पुँजीवादी जनवादबाट नभएर समाजवादबाट प्राप्त हुने बताए।
आफूहरूले ६२/६३ को आन्दोलनबाट लोकत्नत्र स्थापना गरे पनि अझै गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र समाजवादी लोकतन्त्रले यसको ग्यारेन्टी गर्ने बताए।