गाेरखा- गाेरखामा सत्तारूढ चारदल अन्याेलमा परेका छन् । जिल्लाका चारदलहरूका बीच अझैसम्म स्थानीय निर्वाचनमा कसरी जाने भन्नेबारेमा स्पष्ट खाका आएको छैन । उनीहरूले गठबन्धन गर्ने कि एक्ला एक्लै प्रतिस्पर्धा गर्ने भन्ने निर्णय अझैसम्म लिन नस्कदा अन्याेलमा परेका हुन् ।
गण्डकी प्रदेशका अन्य जिल्लामा केन्द्रीय सयन्त्र अनुसार गठबन्धन गर्नेगरि सहमति भएपनि नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेकाे गृहजिल्ला गाेरखामा संयन्त्र केन्द्रकाे परिपत्र नआएकाले कसरी अघि बढ्ने भन्नेमा नै अलमलमा देखिएकाे हाे ।
कांग्रेस गोरखाका नेताहरू मुख्यगरि दुइ धारमा विभाजन भएका छन् । एक धार चारदलसंगै नै गठबन्धन गरि मिलेर जानु पर्ने तर्क गरेका छन् भने आर्को धार एक्ला एक्लै निर्वाचनमा जानु पर्ने धारणा सार्वजनिक गरिरहेका छन् । गाेरखा नगरपालिकाका मेयर राजनराज पन्तकाे टाेली जिल्लामा एक्ला एक्लै निर्वाचनमा जानु पर्ने तर्क राख्दै आएका छन् ।
गठबन्धन भित्रका चार दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) काे पहिलाे बैठकले कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्याैपानेकाे संयाेजकमा जिल्ला संयन्त्र बनाएकाे थियाे । दाेस्राे बैठकले पालिका स्तरबाट आ-आफ्नो पार्टीकाे सांगठिन अवस्थाका बारेमा रिपोर्ट तयार गरि चैत्र २४ गतेसम्म बुझाउने सहमति भएकाे थियाे ।
नेताहरूका अनुसार जिल्लामा राष्ट्रिय मान्यता पाएका चार दलका केन्द्रीय स्तरका नेताका अडानका कारण थप छलफल नभएकाे चर्चा छ । शनिबार बसेकाे संयन्त्रकाे तेस्राे बैठकमासमेत संख्यात्मक रूपमा छलफल नभएकाे एक नेताकाे दावी छ । ति नेताका अनुसार केन्द्रकाे परिपत्र अनुसार कसरी अघि बढ्ने भन्नेमा अन्याेल रहेकाे उनकाे तर्क छ ।
जिल्ला संयन्त्र मुख्यगरि केन्द्रीय संयन्त्रकाे परिपत्र कुरिरहेकाे छ । कांग्रेस गाेरखाले विगतमा धेरै ठाउँमा जितेको र अहिले पनि जनाधार बलियो भएकोले धेरैमा एक्लै जाने मनसाय देखाएको चर्चा छ । ‘कांग्रेसभित्र पनि एक्ला एक्लै जाने कि भन्ने विषयमा केही साथीहरूको मत आएको छ’, ति नेता भन्छन् ‘जहाँसम्म लाग्छ । हामी गठबन्धन बनाएर जाने कि एक्ला एक्लै जाने अझै अन्तिम निर्णय भएको छैन । अन्याेल कायम नै छ । ’
गाेरखाका ११ पालिकामा कांग्रेसका करिब सयभन्दा बढि उम्मेदवारले पालिका प्रमुख बन्न पार्टीमा आंकाक्षी देखाएका छन् । कांग्रेस गाेरखाले पालिका हुदैं प्रदेश निर्वाचन क्षेत्र मार्फत यस्ता उम्मेदवारकाे सूची संघिय निर्वाचन कार्यसमिति हुदैं प्रदेश कार्यसमितिमा पठाउने तयारी गरिरहेकाे छ ।
माओवादी केन्द्रले आइतबार सबै पालिकामा आंकाक्षी उम्मेदवारको सुची प्रदेश कार्यलय पठाउने तयारी गरिरहेको छ । जिल्ला पार्टीको संरचना नभएकाले माओवादीले आइतबारकाे बैठकमा आंकाक्षी उम्मेदवारकाे सूची तयार गर्न लागिरहेकाे छ । माओवादी जिल्ला पार्टी कार्यालयका अनुसार संख्यात्मक रूपमा अझै छलफल कै विषय भएकाले कसरी अघि बढ्ने भन्नेमा नै अन्याेल कायम छ । तर, शनिबार बसेकाे संयन्त्रकाे बैठकले गठबन्धन भर्ने कायम गर्ने सहमति भएकाे माओवादीकाे तर्क छ ।
जसपाले जिल्ला भरका आँकाक्षी उम्मेदवार सूची तयार गरिसकेकाे छ । जसपाले सम्मानजनक हिसावले गठबन्धनमा बस्ने नत्र साेच्ने सक्ने चेतावनीसमेत दिएकाे छ । जसपाका एक नेताका अनुसार जिल्लामा पार्टी तथा संगठन निर्माणकाे क्रममा रहेकाे हुदाँ २०७४ काे स्थानीय निर्वाचन, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकाे डाटा अनुसार भागबण्डा लगाए मान्य नहुने भन्दै आएकाे छ । जिल्लामा कांग्रेसले नाै स्थानीय तहमा जित हासिल गरेकाे भन्दै सबैभन्दा ठूलाे पार्टी कांग्रेस रहेकाे तर्क राख्दै आएकाे छ ।
जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्ट पहिलाे र दाेस्राे ठूला दलकाे अन्य पार्टीलाइ हेर्ने दृष्टिकाेण नै गलत भएकाे बताउँछन् । भन्छन्- पहिलाे र दाेस्राे दुइ ठूला पार्टीले गठबन्धनमा रहेका अन्य पार्टीलाइ हेर्ने दृष्टिकाेण गलत छ । २०७४ काे मत परिणामका आधारमा अहिले भागबण्डा गर्न हुन्न । किनकि हामी पनि जिल्लामा नयाँ संरचना अनुसार पार्टी तथा संगठन निर्माणका क्रममा छाैं । एकीकृत समाजवादी पनि त्यहि प्रकृयामा छ । २०७४ काे निर्वाचनमा भाग नलिएकाे पार्टीकाे अस्तित्व नै छैन भनेमा गठबन्धन टिक्न सक्दैनन् ।’
एकीकृत समाजवादीका जिल्ला स्तरका नेताका अनुसार कांग्रेसले खासै चासो नदेखाएकोले गठबन्धन तीव्र रूपमा अगाडि नबढेको तर्क गर्छन् । जिल्ला अध्यक्ष यादव बहादुर बस्नेत भन्छन्- ‘कांग्रेस कमजोर भएको ठाउँमा अन्यदलसँग सहकार्य गर्न खोजिरहेकाे छ । जिल्लाभर सबै सहकार्य गर्नको लागि इच्छुक देखिएको छैन । उसले २०७४ काे निर्वाचन मत परिणामकाे हिसाव गरेर गठबन्धन गर्न खाेजेमा गठबन्धन टिक्न नसक्ला कि ?’ उनी प्रश्न गर्छन् ।
साना दल एकीकृत हुदैं
जिल्लामा राष्टिय दलकाे मान्यता नपाएका साना दलकाे एक भेला बसेकाे थियाे । जिल्ला सदरमुकाममा बसेकाे भेलामा नेकपा (क्रान्तिकारी माओवादी) का नारायण अधिकारी, नेपाल परिवार दलका रबिन्द्र थापा, बिबेकशिल साझाका किशाेर श्रेष्ठ, नेकपाका कपिल भट्ट, राप्रपाका भीषण अर्याल र नेकपा (माले)का नारायणबाबू आचार्यसहितकाे बैठकले सत्तारूढ दलबाहेकका अन्य दलसंग मिलेर निर्वाचनमा जाने सहमति भएकाे छ । यि दलकाे बैठक फेरि २९ गते बस्दैं छ ।
कांग्रेस र माओवादी बीचको तालमेल अस्वभाविक रहेको तर्क गर्छन्- क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य नारायण अधिकारी । ‘गाेरखामा कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी हुन्,’ उनी भन्छन्, ‘पहिलो र दोस्रो शक्तिबीच नै तालमेल गरेपछि न्यून संख्यामा रहेका अरु पार्टीलाई निषेध गरे जस्तो हुन्छ । त्यसैले गोरखामा तालमेल अस्वभाविक छ ।’
साना दलको साथ खाेज्दै एमाले
जिल्लामा सांगठिन संरचनाकाे चाप कम भनिएकाे एमालेले पनि जिल्लाका अन्य दलकाे साथ खाेजिरहेकाे छ । सत्तारूढ चार दलवीच हुने भनिएकाे गठबन्धन अन्तिम अवस्थासम्म नटिक्ने दावी गरेकाे एमालेले जिल्लामा फेरी बामगठबन्धन गर्न खाेजिरहेकाे चर्चा चलेकाे छ । तर एमालेका जिल्ला अध्यक्ष प्रेमबहादुर गुरूङ बामगठबन्धन गर्न खाेजिरहेकाे हल्ला भएकाे तर्क गर्छन् ।
भन्छन्- केन्द्रकाे निर्णय अनुसार हामी जानु पर्ने हुन्छ । त्यसैले केन्द्रले अन्य दलसंग नमिल्नु भन्ने छ। हामी एक्ला एक्लै निर्वाचनमा जान सझम छाैं । हामी यो चारदलीय गठबन्धनसंग एक्ला एक्लै र्निवाचनमा होम्मिन आतुर छौं । किनकि २०७४ को निर्वाचनमा भन्दा अहिले हाम्रो पार्टीप्रति आर्कषण बढिरहेको छ । अझ बढ्ने क्रममा छ ।’
एमाले जिल्लाका गठबन्धनसंग निर्वाचनमा जाने तयारी कसरी गरिरहेकाे छ, त्यसका आधार के हुन् ? भन्ने प्रश्नमा अध्यक्ष गुरूङ भन्छन्-……, पहिलाे कुरा- हामीलाई के विश्वास छ भने यो गठबन्धन नै अन्तिम समयमा नटिक्न स्क्छ । दाेस्राे, पछिल्लाे समय एमालेकाे जनआधार धेरै राम्राेसंग बढिरहेकाे छ । अब हामी गाेरखा नगरापालिकासहित आरूघाट गाउँपालिका, शहिद लखन गाउँपालिकालगायतका स्थानमा गठबन्धनका उम्मेदवारसंग एक्ला एक्लै लड्न आतुर छाैं । तेस्राे, भनेकाे चाँहि हामी जिल्लामा गठबन्धनले चापिएका सानादलसंग एकजुट भएर अघि बढ्दै छाैं ।’
उनका अनुसार बैशाख ३० भित्र एमालेले गाेरखाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुखसहित ९४ वडा अध्यक्ष र अन्य सदस्यमा उम्मेदवारी दिने उम्मेदवारकाे सूची सार्वजनिक गर्ने तयारी गरिसकेकाे छ । याे संगै जिल्लाका दलहरू निर्वाचन केन्द्रीत राजनीतिमा हाेमिदै आएका छन् ।
याे पनि,
यि हुन् कांग्रेस गाेरखाका पालिका प्रमुख उपप्रमुखका आंकाक्षी
स्थानीय तह निर्वाचन गाेरखा : यि हुन् कांग्रेसका मेयर र उपमेयरका ‘आंकाक्षी उम्मेदवार’
स्थानीय निर्वाचन गाेरखा : विरासत फर्काउने दाउमा माओवादी, कांग्रेसलाई आफ्नैको डर !
गोरखाका ६८ मतदानस्थल ‘अति संवेदनशील’
क्रान्तीकारी माओवादी गाेरखाले भन्याे : माओवादी केन्द्र कांग्रेसकाे ‘मतियार’ बन्याे
गाेरखाका चार दलकाे बैठक : केन्द्रकाे निर्णय मान्ने, एक आर्कामा आराेप नलगाउने
गोरखामा बढ्याे चुनावी सरगर्मी : कार्यालयमा भेटिन्नन् जनप्रतिनिधि !
गाेरखामा २३ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने
गाेरखामा २ लाख २० हजार मतदाता : २१५ मतदान स्थल, ३२१ मतदान केन्द्र
स्थानीय निर्वाचनको रौनक : गोरखामा कुन तहमा को बलियो ?
फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गाेरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्ताे हाेला ?