गोरखा– बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नेकपा (माआवादी केन्द्र) पालुङटारका कोषाध्यक्ष विकास भट्टराईले उपमेयर बन्न पार्टीमा उम्मेदवारी दिएका छन् ।
माओवादी केन्द्र, पालुङटार नगर सचिवालयको आज बसेको बैठकमा उनी उपमेयर बन्न पार्टीमा आँकाक्षा व्यक्त गरेका हुन् ।
पत्रकार महासंघ ललितपुर जिल्ला कार्यसमितिमा काम गरिसकेका पत्रकार भट्टराई सक्रिय पत्रकारीता छोडि पार्टी राजनीतिमा होमिएका थिए । उनी पछिल्लाे समय वडाअध्यक्षमा उठ्ने चर्चा भएपनि उपमेयरमा आँकाक्षी देखाएका हुन् ।
सक्रिय पत्रकारिता छोडि पालुङटार–२, खोप्लाङमा कृषी पेशामा आर्कषित भएका भट्टराई त्यस क्षेत्रका चर्चित पात्र हुन् । राजनीति र कृषिलाई जोडेर पालुङटारको विकासमा उल्लेखनीय काम गर्न सक्ने उनकाे दावी छ ।
यी हुन् पालुङटारमा प्रमुख तथा उपप्रमुखका आँकाक्षी
माओवादी पालुङटारमा मेयरमा सातजनाकाे उम्मेदवारी परेकाे छ । आइतबार बसेको नगर कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आकांक्षी ७ जनाको नाम नै गण्डकी प्रदेश कमिटिमा सिफारिस गरेको हो। उपमेयरमा ९ जनाको नाम सिफारिस भएको छ।
मेयरमा मदन देवकोटा, विकास वाग्ले, जीवन बयलकोटी, इन्द्रराज भट्टराई, विवश चिन्तन, पक्फा बसेल र खोप बहादुर कंडेलले मेयरमा आंकाक्षा क्यत्त गरेका छन् । उनीमध्येमा सर्बसम्बत कोहि नभएपछि उम्मेदवारी परेको हो ।
यिनिहरूमा सबैभन्दा पहिला उम्मेदार अजय र कंडेल हुन् । हालकी उपमेयर बसेल पनि माओवादी भित्र बलिया उम्मेदवार हुन् ।
उनी माआवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उपमेयरमा आशिष देवकोटा, सुन आचार्य, विकास भट्टराई, केशव न्यौपाने, शर्मिला बगाले, निर्मला मल्ल, वन्दना पाण्डे, उपा पाण्डे र शंकरराज कंडेललाई सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला भित्रका अन्य स्थानीय तहमा चैत्र ३० गतेभित्र प्रदेश कार्यालय पठाउन निर्देशन दिएकाे छ ।
याे पनि,
गाेरखाका चार दलहरू आ-आफ्नै तालमा, साना दलको साथ खाेज्दै एमाले
यि हुन् कांग्रेस गाेरखाका पालिका प्रमुख उपप्रमुखका आंकाक्षी
स्थानीय तह निर्वाचन गाेरखा : यि हुन् कांग्रेसका मेयर र उपमेयरका ‘आंकाक्षी उम्मेदवार’
स्थानीय निर्वाचन गाेरखा : विरासत फर्काउने दाउमा माओवादी, कांग्रेसलाई आफ्नैको डर !
गोरखाका ६८ मतदानस्थल ‘अति संवेदनशील’
क्रान्तीकारी माओवादी गाेरखाले भन्याे : माओवादी केन्द्र कांग्रेसकाे ‘मतियार’ बन्याे
गाेरखाका चार दलकाे बैठक : केन्द्रकाे निर्णय मान्ने, एक आर्कामा आराेप नलगाउने
गोरखामा बढ्याे चुनावी सरगर्मी : कार्यालयमा भेटिन्नन् जनप्रतिनिधि !
गाेरखामा २३ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने
गाेरखामा २ लाख २० हजार मतदाता : २१५ मतदान स्थल, ३२१ मतदान केन्द्र
स्थानीय निर्वाचनको रौनक : गोरखामा कुन तहमा को बलियो ?
फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गाेरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्ताे हाेला ?