गाेरखा- बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा जिल्लाको भिमसेन थापा गाउँपालिकाकाे अध्यक्षमा नेकपा एमालेबाट सुजन सिंखडाले दावी गरेका छन् ।
गत कात्तिक ९ गते भएकाे एमाले पालिकाकाे अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर चर्चामा आएका सिंखडाले पालिका अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
०७४ मा भएकाे स्थानीय निर्वाचनमा २१ वर्ष नपुगेका कारण जनप्रतिनिधि बन्न नपाएका उनले अध्यक्षमा दावी गरेका हुन् ।
साेमबार बसेको पालिका कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आकांक्षी ९ जनाको नाम नै जिल्ला कमिटिमा सिफारिस गरेको हो। उपाध्यक्षमा २ जनाको नाम सिफारिस भएको छ।
उनीसंगै सुबास अधिकारी, सुरेशबाबु श्रेष्ठ, सुनिल लामिछाने, धुर्ब ढकाल, शैलेश लामिछाने, प्रेम कुमार पुडासैनी, हरि सिखडा र नवराज पोखरेलले पालिका अध्यक्षमा आंकाक्षा ब्यक्त गरेका छन् । उनीमध्येमा सर्बसम्बत कोहि नभएपछि उम्मेदवारी परेको हो । उपाध्यक्षमा गोमा देवी अंगाई र तारा देवी भट्ट रहेका छन्।
काे हुन् सिम्खडा
भीमसेनथापा गाउँपालिका–४ धावाका सिंखडाले २०७० सालदेखि एमालेको विद्यार्थी राजनीति शुरु गरेका थिए ।
२०७१ सालमा उनी अनेरास्ववियू एनपीआई (सीटीईभीटी) को इकाइ कमिटी सदस्य बने । २०७३ साल साउनमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका उनी त्यसै वर्ष भदौमा भएको इकाइ सम्मेलनबाट अध्यक्षमा सर्वसम्मत चयन भए ।
०७४ मा भएकाे स्थानीय निर्वाचनमा गोरखा फर्किएका सिंखडा स्थानीय निर्वाचनमा सक्रिय भए । त्यतिबेला २१ वर्ष नपुगेका कारण जनप्रतिनिधि बन्न नपाएको उनी अध्यक्षमा दावी गरेका हुन् ।
०७४ सालमा अनेरास्ववियुको सीटीईभीटी राष्ट्रिय कमिटी सदस्य बनेका उनी एमाले र माओवादी केन्द्र एकीकरण भएपछि ०७६ मा अनेरास्ववियू गोरखाको सह-संयोजक भएका थिए ।
उनी ०७७ साल पुस २५ गते अनेरास्ववियुको जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भए । ०७७ सालदेखि नै उनले एमालेको पालिकाको पार्टी सचिवको जिम्मेवारी पनि पाए । युवा उमेरमै पार्टीको गाउँपालिका अध्यक्ष बनेका सिंखडा गाउँपालिका हाक्न दावी पेश गरेका हुन् ।