तस्बिर : सम्मान र तक्माका साथ श्रीमति मिठु कामी
गाेरखा- राष्ट्रियसभाका पूर्व सांसद दलसिह कामीलाई जनसेवा श्री चतुर्थबाट सम्मानित गएको छ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व सांसद कामीलाई मरोणपरान्त उपाधिबाट सम्मान गरेकी हुन् ।
०५२-०५४ मा राष्ट्रिय सभाका सांसद भएका कामी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा दलित संघका अध्यक्ष समेत थिए।
बारपाक सलिकोट गाउँपालिका-५, साविकको ताम्लाबोट गाविसमा जन्मिएका कामी प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सरिक हुदा सर्वस्व हरण तथा पटक पटक जेलसमेत परेका थिए ।
दलसिह कामीको २०६५ मंसीरमा मृत्यू भएको थियो ।