चितवन- नेकपार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनकातर्फबाट चुनावी तालमेलको टुङ्गो भोलि (आइतबार) सम्ममा लागिसक्ने बताएका छन् ।
भरतपुर विमानस्थलमा आज शनिबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजै (शनिबार) साँझसम्ममा खाका तयार हुने बताए ।
उनले गठबन्धनमा केही समस्या नहुने दाबी गर्दै भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुंगोमा पुग्छौं ।’
निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताए ।
भरतपुर महानगरका विषयमा छलफल के भएको छ भन्ने प्रश्नमा उनले छलफल भइरहेको जानकारी दिए ।
गठबन्धनबाट उम्मेदवार टुङ्ग्याउन सकस भइरहेको छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘आरामसँग टुंङ्गिन्छ ।’