गोरखा– बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनले जिल्लाकाे राजनीतिक माहाेल तातेकाे छ । नेकपा (माओवादी केन्द्र)ले जिल्लाका ९४ वडामा नै आँकाक्षी उम्मेदवारकाे सूची संकलन गरिरहेकाे छ ।
जिल्ला पार्टीका अनुसार माओवादी केन्द्रबाट वडाअध्यक्ष तथा सदस्यमा आँकाक्षी उम्मेदवारकाे अन्तिम सूची शनिबार बेलुकासम्म सार्वजनिक हुने जनाएकाे छ ।
जिल्लामा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकृकीत समाजवादी)विच तालमेल हुने कि नहुने भन्ने अन्याेल कायम नै छ । यसैविच जिल्लाका वडा सदस्य, वडाअध्यक्ष, पालिका उपप्रमुख तथा प्रमुख पदका लागि उम्मेदवारी घाेषणा गर्नेकाे लर्काे लागेकाे छ ।
जिल्लाकाे सबैभन्दा ठूलाे नगरपालिका रहेकाे गोरखा नगरपालिकाकाे वडाअध्यक्ष बन्न माओवादी पार्टी भित्र करिब ७० जनाले उम्मेदवार बन्न पार्टीमा निर्वेदन दिएका छन् । त्यहि मध्येका एक हुन् वडा न ११, १२ किलोका युवा व्यवसायी सुरेन लामिछाने (अमृत) ।
विद्यालय जिवनबाटै राजनीतिमा सक्रिय लामिछाने माओवादी निकट संगठन वाइसिएल, गोरखाका संयोजक भएका उनी विभिन्न संघ संस्थामा आवद्व छन् । २०७३/७४ मा गण्डकी प्रदेशमा ट्याक्सिमा रहेकाे सिन्डिकेट ताेड्दै गाेरखामा ‘गाेरखा मनकामन यातायता प्रा.लि’ सञ्चालन गरेका उनले एकै चरणमा करिब ७७ जना यूवालाई स्वरोजगार बनाएका थिए ।
रक्तदाता समाजको जिल्ला उपाध्यक्ष रहेका लामिछाने गत कोरोनाकाे समयमा तथा विभिन्न कालखण्डमा आपत विपतमा सहयोगका गाेरखाका विभिन्न भू-भाग तथा तराइमा समेत गएर सहयाेग गरेका थिए ।
उनीसंगै हालका वडाअध्यक्ष रामबहादुर खड्कासहित पाँचजनाको दावी परेको छ । जिल्लामा चार दलविच गठबन्धन भएमा टिकट पाउनेले जित्ने पक्का भएकाे भन्दै टिकट पाउन आँकाक्षी धेरै छ्न् ।
लामिछानेले २०७४ को स्थानीय निर्वाचनमा वडाअध्यक्ष खड्कालाई छोडिएका दिए । २०७४ काे निर्वाचनकाे समयमा वडाअध्यक्षकाे दावी गरेका उनीले त्यतिबेला खड्कालाई छाेडिएका थिए । १२ किलो बजारमा व्यबसाहि सुरू गरेका उनी युवाहरू माझ परिचित र प्रिय भएकै कारण पनि बढी चर्चामा छन् ।
२०७४ काे स्थानीय तहकाे निर्वाचनमा वडाअध्यक्ष खड्काले ४२८ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका अनिल कुंबरले ३४७ थिए । एमालेका धनबहादुर आलेमगरले ३२७ र तत्कालिन नयाँ शक्तिका उम्मेदवार रामबहादुर श्रेष्ठले ६८ मत ल्याएका थिए ।