गाेरखा- पालुङटार नगरपालिका-४ काे वडाअध्यक्षमा बसन्त देवकाेटाले दावी गरेका छन् । नेकपा (माओवादी केन्द्र)का पालुङटार सदस्य देवकाेटाले पार्टीमा वडा न ४ पालुङटारकाे अध्यक्ष बन्न आंकाक्षा ब्यक्त गरेका हुन् ।
२०६२ बाट विद्यार्थी राजनीतिमा सक्रिय रहेका देवकाेटा सिटिईभिटी मातहतको नेम्स कलेजको अखिल (क्रान्तिकारी)काे प्रथम अध्यक्ष हुन् । सिटिईभिटीमा लामो समय देखि बिद्यार्थी हक हितका लागि काम गरेको अनुभव भएका देवकाेटा पूर्वाअञ्चल विश्व विद्यालयको संयाेजक भई लामो समय विद्यार्थी राजनीति गरे ।
क्रन्तिकारिको केन्द्रीय सदस्य हुँदै सचिवालयसम्मको विद्यार्थी राजनीति गरेका देवकाेटा हाल अखिल नेपाल जनस्वास्थ्य संघको केन्द्रीय उपाध्यक्ष हुन् । जिल्लामा चार दलीय गठबन्धन भएपनि वडाअध्यक्ष कुन पार्टीले पाउने अझै ठेगान नभएकाे समयमा आंकाक्षीले उम्मेदवारी घाेषणा गरिरहेका छन् ।
उनीसंगै वडाअध्यक्षमा ५ जनाको दाबी परेको छ । मानबहादुर पाैडेल, जाेनी सुनार, दुर्याेधन अधिकारी र शंकर राेका आंकाक्षी हुन् ।
२०७४ काे स्थानीय निर्वाचनमा नयाँ शक्ति पार्टीले जितेकाे वडामा तत्कालिन वडाअध्यक्ष ठाकुरकान्त रानाभाट निर्वाचि भएका थिए । साउन २०, २०७७ मा बलात्कारकाे आराेपमा पक्राउ परेका उनी निलम्बलनमा परेका थिए ।
उनले ८१३ मत ल्याउदै वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्दका अधिकारी ४२० मत पाएका थिए । त्यस्तै, नेपाली कांग्रेसका केदार नाथ देवकोटाले ३७५, नेकपा एमालेका कमल बहादुर बोगटीले २२१ र स्वतन्त्रबाट उम्मेदवार बनेका राम बहादुर वि.कले ६१ मत पाएका थिए ।
वडाअध्यक्षबाहेक सदस्य पदमा भने माओवादीले क्लिन स्विप नै गरेकाे थियाे । वडाअध्यक्षमा ३९३ मतअन्तर रहेकाे थियाे । पछिल्लाे समय नयाँ शक्ति हाल जनता समाजवादी पार्टी (जसपा) काे चाम नभएकाले पार्टीले टिकट दिएमा निर्वाचित हुने उनकाे दावी छ ।
पछिल्लो समय हरेक वडामा यूवाहरूको सहभागि रहनुपर्ने आवाज उठिरहेको समयमा उनले टिकट पाएमा संग्रह पालुङटारका विकाशमा हातेमालाे गर्ने उनके इच्छा छ ।