गोरखा– नेकपा एमाले गोरखाले जिल्लाका १० वटा पालिकाबाट प्रमुख र उपप्रमुख पदका आकांक्षीको नाम सिफारिस गरेको छ । मंगलवार बसेको बैठकले प्रदेश कमिटिमा आकाँक्षीको नाम छनौट गरेको हो ।
गोरखा नगरपालिकामा मेयर पदका लागि सम्झना देवकोटा, रामशरण बस्न्यात, दिनेश तमु, बाबुराम थापा र सुजन बानियाँको नाम सिफारिस गरिएको छ । उपमेयरमा भाइचन्द्र श्रेष्ठ, काजीराम रोका, देवीबहादुर बस्नेत, सिताराम खत्री, रामबाबु बोगटी र रामबहादुर खड्का आकांक्षी रहेका छन् ।
पालुङटार नगरपालिकाबाट मेयरमा हरि भट्ट, हरिप्रसाद काफ्ले र सन्तोष देवकोटा तथा उपमेयरमा बसन्तकुमार श्रेष्ठ, पार्वती पाठक र ओमबहादुर बराकोटीको नाम सिफारिस भएको छ ।
अजिरकोट गाऊँपालिकामा अध्यक्षका लागि शेखरनाथ न्यौपाने सर्वसम्मत सिफारिस भएका छन् भने उपाध्यक्षमा गिता पोखरेल र शर्मिला तामाङलाई सिफारिस गरिएको छ ।
आरुघाट गाऊँपालिकामा अध्यक्षमा टिकानारायण श्रेष्ठ, मेनबहादुर अधिकारी, कृष्णबहादुर नेपाली, कृष्णप्रसाद काप्री, राजन गुरुङ, भीमबहादुर धमला र बकबहादुर लामा तथा उपाध्यक्षमा सोविता बराम, सीता दाहाल, कल्पना खड्का र प्रमिला खड्का रहेका छन् ।
गण्डकी गाऊँपालिकाबाट अध्यक्षमा लिलाबहादुर पाण्डे, विष्णु पन्त, सुधिर कार्की र गोपाल पाण्डेलाई सिफारिस गरिएको छ भने उपाध्यक्षमा रेनुका नहर्की सर्वसम्मत सिफारिस भएका छिन् ।
धार्चे गाऊँपालिकाबाट अध्यक्षका लागि सुक घले र सन्तबहादुर गुरुङ तथा उपाध्यक्षका लागि आशा गुरुङ, सुस्मिता घले, सविता गुरुङ र सुनकुमारी घलेलाई सिफारिस गरेकाे छ ।
भिमसेनथापा गाऊँपालिकामा सुवास अधिकारी, सुरेशबाबु श्रेष्ठ, सुजन सिंखडा, प्रेमकुमार पुडासैनी, ध्रुव ढकाल, हरि सिंखडा, सुनिल लामिछाने, शैलेश लामिछाने र नवराज पोखरेल रहेका छन् । उपाध्यक्षमा गोमादेवी भट्ट र सरस्वती अंगाईं छन् ।
शहिद लखन गाऊँपालिकाबाट अध्यक्षका लागि मनोजकुमार जोशी, सुरेन्द्रबहादुर थापा, बिशाल थापा, काजिराम श्रेष्ठ, लुना थापा र रमेश मल्ललाई सिफारिस गरिएको छ भने उपाध्यक्षमा सरीता ढकाल मात्रै उपाध्यक्षका आकाँक्षी छिन् ।
सिरानचोक गाऊँपालिकाबाट अध्यक्षमा देवराज श्रेष्ठ, कमल दानी, विराज गुरुङ, ज्ञानराज गुरुङ, राजेश ढकाल र उत्तम गुरुङ रहेका छन् भने उपाध्यक्षमा कुमारी धिताल सर्वसम्मत सिफारिस भएकी छिन् ।
वारपाक सुलिकोट गाऊँपालिकाबाट अध्यक्षमा दलबहादुर भट्ट, खिलप्रसाद पनेरु र हरिकुमार श्रेष्ठ सिफारिस भएका हुन् भने उपाध्यक्षमा कृष्णकुमारी गुरुङ सर्वसम्मत सिफारिस भएकि छिन् ।
चुमनुब्री गाऊँपालिकाबाट सिफारिस भएकाहरुको नामावली टुंगो लगाउन बाँकी रहेको छ । प्रदेश कमिटिले सिफारिस गरिएकामध्येबाट आगामी स्थानीय तहको चुनावका लागि उम्मेद्वार चयन गर्नेछ । वडाध्यक्ष र सदस्य पदका उम्मेद्वार चयन भने जिल्ला कमिटि सचिवालय बैठकले गर्ने एमालेले जनाएकाे छ ।