गाेरखा– सत्तारुढ चार दलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि गाेरखामा भागबण्डामा सहमति गरेका छन्। बुधबार राती तनुहँकाे एक हाेटेलमा भएकाे चार दलीय गठबन्धनको बैठकले जिल्लाका ११ पालिकामा भागबण्डाकाे ड्राफ तयार गरेका हुन्।
सत्तारूढ गठबन्धनले जिल्लाका ११ पालिकामा चुनावी तालमेलका लागि गरेकाे भागबण्डामा सहमति भएकाे छ । यसमा जनता समाजवादी पार्टी (जसपा)ले असहमति जनाएकाे छ । जसपाले जिल्लामा दुई स्थानीय तहमा नेतृत्व दिन संयन्त्रमा रहेका दलसंग अडान राखेकाे छ। उसले पालुङटार नगरपालिकाकाे मेयर र क्षेत्र न १ काे कुनै एक स्थानीय तहकाे नेतृतव मागेकाे छ ।
जसपा गाेरखाका एक नेताका अनुसार पालुङटार र क्षेत्र न १ काे कुनै एक स्थानीय तहकाे नेतृत्व नपाएमा आजकाे संयन्त्र बैठकबाट अलग हुने चेतावानी दिएकाे छ । जसपाले पालुङटारमा डा. लम्मी देवकाेटालाई मेयरकारूपमा अघि सारेकाे छ ।
संयन्त्र बैठकमा सहभागि एक नेताका अनुसार गाेरखाका ११ पालिकामध्ये ६ वटा स्थानीय तह नेपाली कांग्रेसलाई र ४ तह माओवादी केन्द्रलाई र एक स्थानीय तह जसपालाई दिने सहमति गरेहका हुन्।
कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्याैपानेकाे नेतृत्वमा जिल्लामा संयन्त्र बनेकाे छ । जसमा नेकपा (माओवादी केन्द्र, जसपा र नेकपा (एकीकृत समाजवादी )का जिल्ला तहका प्रमुख सदस्य छन् । स्थानीय निर्वाचन हुन २२ दिन बाँकि रहदाँसम्म गठबन्धन कायम हुने या नहुनेमा दुविधा कायम रहिरहेका बेला यस्ताे सहमति भएकाे हाे ।
केन्द्रका कायम भएकाे सत्तारूढ पाँच दलमध्ये राष्ट्रिय जनमाेर्चाकाे जिल्लामा उपस्थिति छैन । एमालेबाट अलग भएर बनेकाे पार्टी एकीकृत समाजवादी पार्टी जिल्लामा संगठन र पार्टी निर्माणकै क्रममा छ । त्यसैले एकीकृत समाजवादीले पालिका नेतृत्व दावी नगरेकाे हाे । तर उसले गठबन्धनमा सम्मानजनक हुनुपर्ने तर्क राखेकाे छ ।
२०७४ काे स्थानीय निर्वाचनमा नाैं पालिका जितेकाे कांग्रेसले गठबन्धन दललाई तिन स्थानीय तह छाेड्न तयार भएकाे हो। गाेरखामा ९ वटा गाउँपालिका र २ वटा नगरपालिका छन्। सात उपाध्यक्ष जितेकाे कांग्रेसले तिन उपाध्यक्ष छाेडेर चार मात्रै लिन तयार भएकाे हाे ।
२ स्थानीय तहकाे प्रमुख र चार तहकाे उपप्रमुख जितेकाे माओवादीले चार तहमा प्रमुख र चार उपप्रमुख पाउने भएकाे छ । जसपाले एक प्रमुख र एक उपप्रमुख पाउने सहमति भएकाे छ । उता, एकीकृत समाजवादीले भने गाेरखा नगरपालिकाकाे उपप्रमुख पाउने भएकाे छ ।
कांग्रेसले गठबन्धनमा आवद्व दललाई पालुङटार नगरपालिका, सिरानचाेक गाउँपालिका र धार्चे गाउँपालिका छाेड्न तयार भएकाे हाे ।
नेताहरूका अनुसार गाेरखा नगरपालिकामा कांग्रेसलाई मेयर, एकीकृत समाजवादीलाई उपमेयर, पालुङटारमा माओवादीलाई मेयर, जसपालाई उपमेयर, सिरानचाेकमा जसपालाई अध्यक्ष कांग्रेसलाई उपाध्यक्ष, अजिरकाेटमा कांग्रेसलाई अध्यक्ष माओवादीलाई उपाध्यक्ष, बारपाक-सुलिकाेटमा माओवादीलाई अध्यक्ष, कांग्रेसलाई उपाध्यक्ष दिने सहमति भएकाे छ ।
त्यस्तै, भिमसेन थापा गाउँपालिकामा कांग्रेसलाई अध्यक्ष माओवादीलाई उपाध्यक्ष, शहिद लखन गाउँपालिकामा माओवादीलाई अध्यक्ष कांग्रेसलाई उपाध्यक्ष, धार्चे गाउँपालिकामा माओवादीलाई अध्यक्ष, कांग्रेसलाई उपाध्यक्ष दिने सहमति भएकाे छ ।
उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकामा कांग्रेसलाई अध्यक्ष, माओवादीलाई उपाध्यक्ष, गण्डकी गाउँपालिकामा कांग्रेसलाई अध्यक्ष, माओवादीलाई उपाध्यक्ष र आरूघाट गाउँपालिकामा कांग्रेसलाई अध्यक्ष, माओवादीलाई उपाध्यक्ष दिने सहमति भएकाे छ ।