गाेरखा– जिल्ला प्रशासन कार्यालय, गाेरखाका प्रमुख जिल्ला अधिकारी (सिडियो) शंकरहरी आचार्यले निर्वाचन आचार संहिताकाे ‘धज्जी उडाएका छन् ।
नेपाली कांग्रेस निकटकाे नेपाल निजामती कर्मचारी युनियन, गोरखाकाे बैशाख ५ मा भएकाे कार्यक्रममा सहभागि भएका सिडियो आचार्यले आचार संहिताकाे ‘धज्जी’ उडाएका हुन् ।
कर्मचारी युनियनको ०७९ सालको शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सिडियो आचार्यको प्रमुख आथित्यतामा सम्पन्न भएकाे थियाे । यस विषयमा बुझ्न खाेज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
निर्वाचन आयोगले गत चैत्र २५ गतेबाट निर्वाचन आचार संहिता लागु गरिसकेकाे छ । आयोगले निर्वाचन आचार संहिता कार्यान्वयन गर्न आग्रह गरेकाे समयमा नै सिडियो युनियनकाे कार्यक्रमा सहभागि भएका हुन् ।
जिल्लामा निर्वाचन आचार संहिता पालना गर्ने गराउने मुख्य दायत्वि भएका सिडियो नै राजनीतिक दल निकटकाे कार्यक्रममा सहभागि भएपछि बैशाख ३० गते हुने निर्वाचनमा उनकाे भूमिका माथी नै प्रश्न उठ्न थालेकाे छ ।
उता, आज मात्रै मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन भएकाे छ । मूख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश दिनबन्धु बरालले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका हुन् । उनका अनुसार बैशाख ५ गते भएकाे कार्यक्रम मूख्य निर्वाचन अधिकृतको कार्यालयसंग सम्बन्धित नभएकाे प्रकृया दिए ।