गाेरखा– गाेरखामा चुनावी तालमेलका लागि बनेकाे संयन्त्रले भागबण्डा टुङ्गाउन नसकेपछि सत्तारुढ दलका केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका छन् ।
शनिबार आठौं पटक बसेकाे जिल्ला स्तरीय संयन्त्रको वैठकले भागवण्डा मिलाउन नसकेपछि केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका हुन् ।
जिल्ला संयन्त्रकाे वैठक विना निष्कर्ष टुङ्गिएपछि केन्द्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईवीच शनिबार राती बालुवाटारमा बसेकाे बैठकले जिल्लाकाे भागबण्डा मिलाउन हस्तक्षेप गरेका हुन् ।
साँझ करिब तीन घण्टा बसेकाे वैठकले जिल्लामा कांग्रेसलाई गाेरखा नगरपालिका सहित ५, माओवादीलाई ४ र जसपालाई एक नगरपालिकासहित २ पालिका दिने निर्णय गरेकाे छ । माओवादीलाई बारपाक सुलिकाेट गाउँपालिका, शहिद लखन गाउँपालिका दिने सहमति भएकाे छ ।
उता, माओवादीलाई नै अजिरकाेट गाउँपालिका र चुमनुव्री गाउँपालिका दिने समति भएकाे हाे। तर, आइतबार बस्ने जिल्ला संयन्त्रकाे बैठकले थप भागबण्डा मिलाउन बैठक बस्ने कांग्रेसका नेताहरू दावी गर्छन् ।
यसअघि माओवादी र कांग्रेसवीच भएकाे छलफलमा कांग्रेसलाई ७ पालिका प्रमुख, ७ उपप्रमुख र माओवादीलाई चार प्रमुख तथा उपप्रमुख दिने सहमतिकाे ड्राफ तयार भएकाे थियाे ।