गाेरखा- सहमति नजुटेका जिल्लामा तालमेलको अन्तिम पहल गर्ने शीर्ष नेताहरुको निर्णयसंगै गाेरखा कांग्रेसमा खल्बलल्ली मञ्चिएकाे छ ।
उम्मेदवारी दर्ताको अघिल्लो दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता पछि कार्यदललाई दिएकाे निर्देशनसंगै गाेरखा कांग्रेसमा खल्बलल्ली मञ्चिएकाे हाे ।
साँझ करिब तीन घण्टा बसेकाे वैठकले जिल्लामा कांग्रेसलाई गाेरखा नगरपालिका सहित ५, माओवादीलाई ४ र जसपालाई पालुङटार नगरपालिकासहिच धार्चे गाउँपालिका दिने निर्णय गर्न कार्यदललाई निर्देशन दिएसंगै गाेरखा कांग्रेस आकस्मिक बैठकमा बसेकाे हाे । कांग्रेसका जिल्ला तहका नेताका अनुसार बैठक विहान ८ बजेबाट पार्टी कार्यालय, तिनधारेमा बसिरहेकाे छ ।
केन्द्रले निर्णय गरेर पठाएको भागवण्डालाई स्वीकार गरेर जाने या नजाने भन्ने बिषयमा छलफल गर्नका लागि गोरखामा संयन्त्रका प्रमुख दल नेपाली कांग्रेसले अहिले आठ बजेलाई आकस्मिक बैठक बोलाएको छ ।
‘अहिले आठ बजेदेखि बैठक बस्दैछ । केन्द्रको निर्णय मान्ने या नमान्ने भन्ने बिषयमा छलफल गरेर निर्णय गर्नका लागि बैठक बस्न लागेको हो । जिल्लामा अहिलेसम्म अधिकांस नेताहरुको चाहाना केन्द्रको हस्तक्षप स्वीकार नगर्ने भन्ने नै छ । केन्द्रीय निर्देशन बिपरित जाने निर्णय हुनसक्ने सम्भावना उच्च छ’, कांग्रेसका एक नेताले भने ।