गाेरखा- नेपाली कांग्रेस गोरखा जिल्ला कार्य समितिले सत्ता गठबन्धन छाड्ने निर्णय गरेको छ।
सदरमुकामस्थित जिल्ला पार्टी कार्यलय गोरखामा आइतवार पत्रकार सम्मेलन गर्दै कांग्रेसले गठबन्धन छाड्ने निर्णयबारे जानकारी दिएको हो।
पार्टीका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले पत्रकार लागि विभिन्न चरणमा बैठक बसे पनि केही नेताका स्वार्थले निर्णयमा पुग्न नसकेको बताएका छन्। तर सभापति न्यौपानेले कुन दलका कुन नेताको स्वार्थ भन्ने खुलाएनन्।
‘तालमेलका लागि हामी आठ पटकसम्म बैठक बस्यौँ’, उनले भने ‘तर सहमति जुट्न सकेन। हामी हदैसम्म लचिलो भयौा तर मिल्न सकेन।’
उनले गठबन्धन जोगाउन लचिलो भए पनि अरु दल तयार नभएको बताएका छन्।
शनिबार मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले जिल्लामा कांग्रेसलाई पाँच, माओवादी केन्द्रलाई चार र जनता समाजवादी पार्टी (जसपा) लाई पालुङटार नगरपालिकासहित एक पालिका नेतृत्व दिनेगरि सहमति गर्न भनेको थियो।
तर केन्द्रको निर्देशनलाई कांग्रेसले अस्वीकार गरेको छ। कांग्रेस बाहिरिएसँगै गोरखामा अब चुनावी भिडन्त पनि रोचक भएको छ।