गाेरखा- गाेरखा नगरपालिकाकाे मेयरमा पुन राजनराज पन्तले टिकट पाएका छन् ।
कांग्रेस गाेरखाका महासमिति सदस्य रहेका पन्तले निकै कसरत पछि फेरि टिकट पाएका हुन् । पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे निकट भनिएर चिनिएका पन्तले उनै पाण्डेका कारण टिकट फुत्तकिएकाे चर्चासमेत चलेकाे छ ।
यसअघि गण्डकी प्रदेश कार्यसमितिका महामन्त्री किरणबाबु श्रेष्ठ निकटका विश्वदेव श्रेष्ठलाई नगरपालिकाकाे मेयरकाे उम्मेदवार बनाएकाे थियाे ।
मेयरकाे टिकट श्रेष्ठ पक्षलाई दिएकाे भन्दै जिल्ला पार्टी कार्यालयमा पनत निकटका समुहले ताला लगाएकाे थियाे । यसअघि मेयरका उम्मेदवार श्रेष्ठलाई यूवाहरूकाे समुहले समेत कुटेका थिए ।