गाेरखा- बारपाक-सुलिकाेट गाउँपालिका-८, पन्दुङका कृष्णकुमार गुरूङले वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । साेमबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरूङले वडाअध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
लामाे समय नेपाली कांग्रेसकाे सक्रिय राजनीति गरेका गुरूङ टिकट वितरणप्रति असन्तुष्टि जनाँउदै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
गाउँपालिका कार्यसमितिको सिफारिसविपरीत जिल्लाले पहिला अध्यक्ष भइसकेकी व्यक्तिलाई टिकट दिएकोमा आफ्नो असन्तुष्टि रहेको उनले बताए ।
पन्दुङको पार्टी सभापितसमेत रहेका गुरूङले केन्द्रीय कार्यसमितिबाट सम्मानितसमेत भएका थिए । २०६४ को निर्वाचनमा कर्तव्य ज्यान मुद्वा खेपेर चार बर्ष भारत निर्वासित भएका गुरूङ निरन्तर तत्कालिन विद्रोही माओवादीसंग संघर्ष गर्दै आएका नेता हुन् ।
उम्मेदवारी दर्ता गर्दै गुरूङले पन्दुङ बनाउने अभियानका साथ आफूले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँदै वडाबासीले जिताउनेमा विश्वस्त रहेको जनाए ।
‘वडाबासीले यहाँको विकासका लागि जुुन चाहना राखेका छन् त्यसलाई पूरा गर्ने प्रतिनिधि पात्रका रुपमा म आएको छुु,’ उनले भने, ‘हाम्रो बारपाक (पन्दुङ) हामी बनाउँछौँ भन्ने अभियानमा सबै जोडिएर मलाई विजयी गराउनेछन् भन्नेमा विश्वस्त छु ।’
कांग्रेससहित गठबन्धन दलले वागी र स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीपक्तिसंग अनुराेधसमेत गरेकाे छ ।