फाइल तस्बिर
गोरखा– गोरखा नगरपालिकामा मेयरको टिकट विश्वदेव श्रेष्ठले ल्याएपछि टिकट वितरणमा असन्तृष्टरहेका कांग्रेसका यूवाहरूले श्रेष्ठमाथी हातपात नै गरे ।
कांग्रेस भित्रका पूराना नेताका रूपमा चिनिएका श्रेष्ठले टिकट पाएपछि सबैभन्दा कमजोर मान्छेलाई टिकट दिईएको भन्दै असन्तृष्ट पक्षले गोरखा बजारको बैंक रोडमा फोटो खिचिरहेका श्रेष्ठमाथी आफ्नै कार्यकर्ताबाट आक्रमण भयो । त्यसपछि मेयरको टिकट महासमिति सदस्य राजनराज पन्तले पाए । उनले उम्मेदवारी दर्ता गरि चुनावी प्रचार प्रसारमा समेत लागिसकेका छन् ।
यस्तै भएको छ अजिरकोट गाउँपालिकामा पनि । अजिरकाेट गाउँपालिकामा कांग्रेसबाट पालिका अध्यक्षकाे मुख्य दावेदार थिए- वडा न ४ का वडाअध्यक्ष जंगबहादुर गुरूङ । कांग्रेसकाे राजनीतिमा एक दशकअघि मात्रै प्रवेश गरेका गुरूङ पालिका अध्यक्षमा बलिया दावेदार थिए । तर पालिकाकाे टिकट क्षेत्रिय सभापति गाेविन्द्र गुरूङले हात पारे ।
पालिकाकाे टिकट नपाएपछि उनै गुरूङ वडाअध्यक्ष बन्न तयार भएका थिए । कारण हाे- पछिल्लाे पाँचबर्षमा सिम्जुङमा राम्राे काम गर्न सफल भएकाेले अब पालिकाकाे दावी गर्छु । गाेरखा सन्देशसंगकाे एक कुराकानीमा पनि उनले अब वडामा भन्दापनि पालिकाकाे अध्यक्ष बन्न इच्छा भएकाे बताएका थिए ।
पालिकाकाे टिकट नपाएपछि उनी वडाकाे टिकटसमेत फुत्किएकाे तव चाल पाए जव मनाेनयन दर्ता गर्न समय सकिन लागेकाे थियाे । उनले पाउने टिकट आर्कै सदस्यले पाएपछि उनले टिकट मागे । कारण पनि के हाे भने उनी पालिका सभापतिसमेत हुन् । पालिका सभापतिले नै टिकट मागेपछि वडाअध्यक्षकाे टिकट जिल्लाबाट ल्याएका मित्रनाथ दवाडीले दिए ।
कांग्रेसका नेताहरूका अनुसार पालिका सभापति गुरूङले टिकट देखेपछि च्यातिदिए । अझ उनलाई हातपातसमेत गर्न लागाईयाे । उनलाई हापतपात गरेपछि उनी भच्चेकबजारमा असुरक्षित भएकाे भन्दै गाेरखा बजार झरे । गाेरखा झरेपछि शान्ति सुरक्षाकाे ग्यारेन्टीका लागि उनले जिल्ला प्रहरी कार्यालय गाेरखामा निवेदनसमेत दिए । जिल्ला पार्टी कार्यालयमा समेत निवेदन दिए ।
कांग्रेस भित्र पछिल्लाे समय पैसा र शक्तिका आठमा राजनीतिमा उदाएका र राजनीति गर्न तम्सिएका टोली र कांग्रेसका पूराना नेताविच चर्को मतभेद र प्रतिस्पर्धासमेत चल्न थालेको छ । कांग्रेसको १४औं महाधिवेशनमा समेत यस्तै भएको थियाे । काठमाडौंमा बसेर विचौंलिया र ठगीधन्दामा सक्रिय भएका उम्मेदवारले कांग्रेको आन्तरिक निर्वाचनमा जित हात पारेका थिए । पछिल्लो समय जिल्लाका प्राय स्थानीय तहमा पैसाकै आडमा राजनीति गर्नेहरू र पूराना कांग्रेसका नेताविच चर्को द्वन्द्व चर्किएको छ ।
यस विषयमा वडाअध्यक्षका उम्मेदवार गुरूङसंग सम्पर्क हुन सकेन ।
स्राेतका अनुसार वडाअध्यक्षकाे टिकट दवाडीले राजनीतिक शक्ति केन्द्रकाे आडमा पाएकाे र उनले टिकट पाएपनि जित्न नसक्ने भएकाले सामान्य भनाभन भएकाे दावी छ ।
एक नेता नाम नबताउने शर्तमा भन्छन्- दवाडीले राजनीतिक शक्ति केन्द्रकाे आडमा टिकट ल्याएका रहेछन् । उनले टिकट पाए कांग्रेसले जितेकाे वडा गुम्ने खतरा कायम भयाे । त्यसैले केटाहरूसंग भनाभन भएकाे चाँहि हाे । तर उहाँलाइ कसैले पनि हातपात गरेन ।’