गाेरखा- नेपाली कांग्रेस गाेरखाका सभापति नन्दप्रसाद न्याैपानेले गत आइतबार पार्टी कार्यालय गाेरखामा पत्रकार सम्मेलन गर्दै भनेका थिए-‘सत्ता गठबन्धनमा रहेका अन्य दलका केही साथीहरुको महत्वकांक्षा र राजनीतिक अपरिपक्कताका कारण गठबन्धन टिकेन, त्यसैले अन्य दलहरुसँग तालमेल नगरी एक्लै चुनाव लड्ने निर्णय कांग्रेसले गरेको छ ।’
यसकाे हप्तादिनमा नै केन्द्रीय गठबन्धनकाे १४ गते बसेकाे बैठककाे निर्देशन अनुसार बसेकाे जिल्ला संयन्त्रकाे बैठकले जिल्ला भित्रका र गठबन्धन दलमा आबद्व रहेका सत्तारूढ दलसंग मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेकाे छ ।
कांग्रेस जिल्ला सभापति न्याैपानेकाे अध्यक्षतामा बसेकाे गठबन्धन बैठकले जिल्लामा सतारूढ दलसंग मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् । यसअघि आठ पटक बसेको बैठक निष्कर्षविहीन भएपछि सत्तारुढ गठबन्धन दलले तालमेल नगरी स्थानीय तहमा उम्मेदवारी दर्ता गरेका थिए ।
कांग्रेससहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका शिर्ष नेतासहित बिहीबार बसेको चार दलको बैठकले गठबन्धनबाहेकका दलसँग तालमेल नगर्नेसमेत निर्णय गरेका हुन् ।
उम्मेदवार मनोनयन फिर्ताको अघिल्लो दिन बिहीबार बसेको बैठकले अन्य दलसँग तालमेल नगर्ने र मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । जिल्लामा एक आर्का दलसंग चुनावी तालमेलको चर्चा भएपनि पूणता पाएकाे छैन ।