म गोविन्द प्रसाद भट्टले स्वतन्त्र तर्फबाट वडाध्यक्ष पदमा उम्मेद्वारी दिएको छू ।
म के गर्दीन ?
अहिले भईरहेका;
क.उपभोक्ता समितिमार्फत हुने गरेको चरम भ्रष्टाचार,
ख. मिलेमतोमा सरकारी अनुदानको दुरुपयोग,
ग.शिक्षक कर्मचारी भर्तीमा अबैधानिक हस्तक्षेप,
घ. अव्यवस्थितरूपमा सडक ट्रयाक खोल्ने,
ङ. वन फडानी तथा नदिजन्य पदार्थको अवैध धन्दा,
ङ. झुटा प्रतिवद्वता।
२. मैले के गर्छु त?
संवैधानिक अधिकार प्राप्त स्थानीय सरकार संचालन ऐन-२०७४ बमोजिमको वडासमितिलाई कार्यकारी अङ्ग बनाई वडाको विकासमा सर्वपक्षीय सहभागीता तथा प्रभावकारिता वृद्धि गर्न विधिविधान समिति र वडा समितिद्वारा कार्यवन्यन हुने योजनाहरूका सामाजिक परिक्षण गर्ने तथा जनताका प्रतिनिधिहरू माथि कुनै गुनासो रहेमा जाँचबुझ गर्ने लोकपाल समितिको व्यवस्था गर्नेछू ।
म वडाध्यक्षको उम्मेद्वार श्री गोबिन्द प्रसाद भट्टको नेतृत्व निर्वाचित हुने वडा समिति मार्फत् आसन्न गाउँ सभा, कार्यपालिका, गण्डकी प्रदेश सरकार तथा नेपाल सरकारको सहकार्यमा हामी निम्नानुसारका मुख्य ११ क्षेत्रमा उल्लेख्य कामहरू गर्नेछौं। (परोपकारी गैरसरकारी संस्था, निजी क्षेत्र तथा सहकारी प्रणालीबाट अधिकतम लाभ लिई आवश्यक स्रोतको सुनिश्चितता गर्ने।) :-
२.१. शिक्षा
क. वडाको कुनै एक विद्यालयलाई आवसिय प्रायोगिक विज्ञान शिक्षालयको रूपमा विकास गर्ने, विद्यार्थीको प्रतिभा र अन्वेषण प्रवर्द्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिने,
ख. आधारभुत तह देखि नै गणित, विज्ञान र सुचना प्रविधिसँग सम्बन्धित राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको पाठ्यक्रम लागू गर्ने,
ग. Guest Expertise Teachers मार्फत विशेष कक्षा संचालन गर्ने, शिक्षकहरूलाई आद्यवधिक गर्नेहेतु Advanced training दिन शिक्षक तालिम केन्द्र स्थापना गरि देशव्यापी बनाउने,
घ. शिक्षकहरूलाई उच्चस्तरीय कक्षाशिक्षणमा मद्दत गर्ने सहायक शिक्षकको व्यवस्था गर्न TFN, UWS-Nepal जस्ता गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्ने।
ङ. प्रारम्भिक बाल शिक्षा तथा प्राथमिक शिक्षालाई १ वर्षे Montessori तथा २ वर्षे Kindergarten Model मा सँचालन गर्ने।
च. शिक्षालाई परीक्षासम्म मात्रै सिमित नराखी व्यावहारिक प्रयोग र विविध प्रतिस्पर्धाको निम्ति योग्य बनाउन SMART concept (Science,Mathematics,Arts,
छ. वडा शिक्षा समितिलाई अधिकार सम्पन्न, शिक्षाविद् तथा प्राविधिक दक्षता युक्त विज्ञहरूको केन्द्र बनाउने।
ज. Meritocracy मा आधारित विशेष शिक्षा(MBBS,B.E.,CPL,C.A. etc) छात्रवृत्ति कोष स्थापना गर्ने।
२.२ स्वास्थ्य
क. General Physician Doctor, Lab Technician र Medical lab को व्यवस्था गर्ने,
ख. X-ray र प्रारम्भिक शल्य चिकित्साको सुविधा दिने,
ग. सामुदायिक स्वास्थ्य सहायकहरूको टोली मार्फत् घरघरमम पुगेर नियमित स्वास्थ्य सेवा दिन घुम्ती जाँच चौकीको व्यवस्था गर्ने,
घ. Telemedicine systemलाई प्रवर्द्धन गरि जटिल रोग तथा विरामीको विशेषज्ञ डाक्टरद्वारा उपचार तथा परामर्श गर्नेगराउने
ङ. दिर्घरोगीले सेवन गर्ने अौषधि निशुल्क उपलब्ध गराउने
च. General Physician ले रेफर गरेको विरामीलाई सुलभ एम्बुलेन्स सेवा उपलव्ध गराउने(शुल्क छुटसहित),
छ. योग तथा ध्यान अभ्यासलाई बढोत्तरी गर्न प्रत्येक समुदायमा साप्ताहिक रूपमा प्रशिक्षणको व्यवस्थापन गर्ने।
२.३ यातायात
क. सडक पुर्वाधार स्तरोन्नति गर्न वडाको मुख्य पारवहन संजाल छनोट गरि क्षेत्रीय राजमार्गको मापदण्डअनुसार विकास गर्ने,
ख. कृषि सडक तथा शाखा मार्गहरूको प्राथमिकताक्रम निर्धारण गरि क्रमशः ग्राभेलिङको प्रबन्ध गर्ने,
ग. सर्वसुलभ यातायात सेवा दिन वडाभित्रका लगानीकर्ताहरूको संलग्नतामा सुलभ बस सेवा संचालन गर्ने,
घ. बालबालिका र वृद्धबाआमाको यात्रा शुल्कमा ४५% शुल्क छुटको व्यवस्था मिलाउने,
ङ. देशव्यापी Prepaid Travel Card को आवधारणालाई प्रयोगमा ल्याउने,
च. सडक-बाटोको कारण भलपहिरो जाने तथा घरटहरामा क्षति पुगेको स्थानहरूमा भुसंरक्षण तथा विपद न्युनिकरण क्षतिपूर्तिको प्रबन्ध गर्ने।
२.४ महिलावाद
क. हेल्पलाइन कक्षा संचालन गरि नागरिकको गुनासो सम्बोधन तथा घरेलु हिँसा तथा अपराधीक घटनाका प्रारम्भिक उजुरी लिने,
ख.महिनावारी सचेतना विशेष तालिम दिने, विद्यालयमा निशुल्क Sanitary Pads तथा घरमा Homemade napkins बनाउने तालिम दिने,
ग. महिला स्वास्थ्य स्वयंसेविकाहरू मार्फत महिलाको प्रजनन स्वास्थ्य सम्बन्धि सुचक अद्यावधिक गराउने, म.स्वा.सेविकाहरूलाई थप प्रोत्साहान भत्ता दिलाउने तथा वडाबाट प्रवाह हुने सेवामा शुल्क मिनाहा गर्ने।
घ. मातृशिशु हेरचाह निगरानी अड्डाको स्थापना गरि सुत्केरी आमा तथा शिशुलाई सुनौलो १००० दिन सम्म पोषणका कार्यक्रमहरू संचालन गर्ने,
ङ. संघिय सरकार मार्फत ब्याज अनुदानमा प्रवाह हुने महिला उद्यमशिलता विकास कर्जा प्राप्तिमा विशेष सहजिकरण गर्ने, Collaterals तथा Bank guarantee को व्यवस्था गर्ने,
च. नाबालिक सन्तान भएको विधवा महिलालाई जीवन निर्वाह भत्ता प्रदान गर्ने।
२.५. प्राकृतिक सम्पदा र पर्यावरण
क. चौतारो चिन्ने तथा संक्षरण गरि सँगैमा कलात्मक धारो निर्माण गर्ने,
ख.वनक्षेत्र, कुलो, खोल्सा तथा सिमसार संरक्षण गर्न बृहत् वृक्षरोपण गर्ने,
ग. वनपैदावार तथा नदिजन्य पदार्थ उत्खनन् नियमन गर्न र आवश्यकता अनुरुप प्रयोग गर्नपाउने व्यवस्था गर्न एकिकृत प्राकृतिक स्रोत उपयोग व्यवस्थापन समिति गठन गर्ने,
घ. जथाभावी भुमिदोहन र प्राकृतिक खानि सँचालन जस्ता गम्भीर पर्यावरणीय प्रभाव पार्ने कार्यहरूमा रोक लगाउने,
ङ. सार्वजनिक जग्गा, खाली खर्कहरुमा रूखविरूवा हुर्काउने,आवश्यक स्थानमा उद्यान तथा बाटीका बनाउने।
च. घरसँगै फुलबारी बनाउन प्रोत्साहन स्वरूप विभिन्न प्रजातिका फुलहरूका विऊविरूवा उपलब्ध गराउने।
२.६. साँस्कृतिक सम्पदा
क. जातिय साँस्कृतिक अभ्यासलाई प्रोत्साहन गरि बराम, गरुङ र मगर जातीको भाषा, लोक गित तथा नृत्य एवं जैविक संस्कारहरूको संरक्षण गर्ने,
ख. पुर्खौली पेशा प्रवर्द्धन गर्न पुरोहित, दशानामी, वाद्यवादक, विश्वकर्मा तथा सुचिकारहरूलाई आवश्यक तालिम, प्रविधि र बार्षिक रूपमा प्रोत्साहन भत्ता प्रदान गर्ने,
ग. कथित दलित भनिएका शिल्पी तथा भुमिहिन समुदायको सशक्तीकरण गर्न कृषियोग्य भुमिको उपलब्धता तथा पुनर्वितरण गर्ने,
घ. धारो, पोखरी, मठमन्दिर, लोक संस्कृति तथा जात्रा पर्वहरूको संरक्षण गर्न साँस्कृतिक केन्द्र स्थापना गर्ने।
ङ.गल्ली, सिढिँ जस्ता पैदलमार्गहरूको नियमित सम्भार स्तरउन्नती गर्ने,
च.बाआमा तिर्थाटन योजना कार्यवन्यन गर्ने।
२.७ बालबालिका, फरक क्षमता भएका तथा जेष्ठ नागरिक
क. एक बृहत् बाल उद्यानको निर्माण गर्ने,
ख.विद्यालयमा निशुल्क दिवा खाजाको प्रवन्ध,
ग. बाल कल्ब, नेपाल स्काउट तथा जुनियर रेडक्रसजस्ता संस्थामा सक्रिय सहभागीता बढाउन गोष्ठी सेमिनार तथा प्रतिस्पर्धात्मक कार्यक्रम र पुरस्कारहरूको व्यवस्था गर्ने,
घ. बृद्धा बाआमाको लागि सुविधासम्पन्न दिव्य सेवा निकेतन संचालन गर्ने,
ङ. सामाजिक सुरक्षा भत्ताको Door step delivery गर्ने,
च. फरक क्षमता भएकाहरूको लागि Para games संचालन गर्ने, राष्ट्रिय स्तरमा सहभागीता गराउने,
छ. पोषण युक्त खाना तथा फलफूल सेवन गर्न प्रोत्साहन स्वरूप Dietary Foods Distribution गर्ने,
ज. धर्मभकारी अभियान सँचालन गरि सहयोगापेक्षी व्यक्तिहरूलाई सहायता प्रदान गर्ने।
२.८ युवा सशक्तीकरण
क. प्रत्येक टोलमा खुला मैदान र वडामा एक स्तरिय मिनि रंगशाला निर्माण गर्ने,
ख.सुवाष स्मृति प्रतिष्ठान मार्फत खलेकुद प्रशिक्षण तथा शारीरिक तन्दुरुस्ती तालीम केन्द्र संचालन गर्ने,
ग. विधागत खेलकुद टिम बनाई स्थानिय खेलाडीहरूलाई National Approach दिने,
घ. युवा उद्यमिलाई व्यावसाय गर्न सघाउने Business Support Agency बनाउने, Think Tank र Initial Investment को मोडेलमा काम गर्ने,
ङ. युवा स्वरोजगार कोष, युवा उद्यमि कर्जा जस्ता ठुला कार्यक्रमबाट लाभान्वित गराउन सहजिकरण गर्ने।
२.९ कृषि तथा पशुपालन
क. कृषि प्राविधिक तथा पशुजन्य रोग उपचार केन्द्रको पुनर्स्थापना गर्ने,
ख. उत्पादकत्व बढाउन उन्नत विऊविजन तथा रासायनिक मल, विषादीको समयमै उपलब्धता गराउन सहकारी प्रणाली स्थापना गर्ने,
ग. प्राङ्गरिक मलको प्रयोगलाई प्राथमिकता दिन व्यवस्थित मलखाँद निर्माण गर्न सघाउने,
घ. साना तथा मझौला सिँचाइ योजनाको सम्भावना भएका फाँटहरूमा सिचाँइ व्यवस्थापन गर्ने,
ङ. Rain Water Harvesting Technology प्रयोग गरि सुख्खा खेतबारीमा व्यावसायिक खेति गराउने,
च. आधुनिक खेति प्रविधि प्रयोगलाई सहज बनाउन कृषि अौजारहरू वितरण गर्ने,
छ. कृषि फर्म, पशु तथा कुखुरापालक कृषकलाई आवश्यक सहुलियत ऋण लगानी, प्रोत्साहन तथा पुर्नबल प्रदान गर्न निजी क्षेत्र, नागरिक लगानी र सरकारी अनुदान सहितको लगानी कोष स्थापना गर्ने,
ज. कृषक/उद्यमीलाई Seed Fund को व्यवस्था गर्ने,
झ. बाहिरी बजारप्रतिको निर्भता घटाउन र स्थानीय स्तरमा उत्पादित खाद्यबालीको बजारिकरण गर्न Exchange Market Module मा वडाभित्र बन्दव्यापार समिकरण बनाउने,
झ. एकीकृत कृषि बिकास सहकारी मार्फत यी कार्यहरूको monitoring गर्ने।
२.१० उन्नत प्रशासन
क. व्यक्तिगत घट्ना दर्ता, सिफारिस पत्र, सामाजिक सुरक्षा भत्ता र दिर्घरोगीको अौषधीहरूको Door step delivery गर्ने।
ख. संघ तथा प्रदेशस्तरिय अनुदान, ऋण तथ लगानीको कार्यक्रमबाट वडाका स्थानीयलाई लाभान्वित गराउन सुचना तथा समन्वय डेस्क स्थापना गर्ने,
ग. गैरसरकारी सङ्घसंस्थाहरू सँग सहकार्य गरि आर्थिक तथा प्राविधिक सहायताको स्रोत सुनिश्चितता गर्ने,
घ. एक घर एक धारा कार्यक्रमलाई व्यवस्थित गरि खानेपानि हरसंभव निशुल्क तथा साधारण सिँचाइको सहज वितरण गर्न जल प्रबन्ध समिति बनाउने,
ङ. रोजगार केन्द्रको रुपमा श्रम सहकारी स्थापना गरि निर्माण क्षेत्रका दक्ष / अदक्ष मजुदरहरूलाई काम दिने तथा न्युनतम तीन महिना रोजगारी सुनिश्चित गर्ने, श्रमिकको दुर्घटना विमा गर्ने, Advanced Skill तालिम प्रदान गरि Job placement को ग्यारेन्टी गर्ने,
२.११ Cyber Center
क. बढ्दो विद्युतिय अपराधको जोखिम बारे हाम्रा बालबालिका तथा नागरिकहरूलाई सेचत गर्न तथा वडाको विभिन्न विद्युतिय उपस्थितिलागि Cyber Center को व्यवस्था गर्ने,
ख. Wi-Fi connectivity सर्वसुलभ बनाउने,
ग. सामुदायिक विद्युत वितरण सहकारीलाई चुस्त बनाई अति न्यून शुल्कमा उपभोग गर्नपाउने व्यवस्था मिलाउने। (शुल्क मिनाहाको बारे सम्भावनाहरू खोजी गरिने)
थप:- (जटिल तर विशेष महत्त्वका योजनाहरू)
क. पर्यटन प्रवर्द्धन गर्न कृषि तथा पशुपालनमा आधारित सुविधा सम्पन्न Resort निमार्ण गर्न लगानीकर्ता आह्वान गर्ने, ख. साविक वडा ७, ८ र ९ को लागि दरौँदि लिफ्टिङ्, अधेँरी सिचाइ, जलविरे मोटरेवल पुलको सम्भाव्यता अध्ययन गरिने, साँस्कृतिक केन्द्रको सभा गृह निर्माण गर्न स्रोत जुटाउन अध्ययन गर्ने।
म/हामी निर्वाचित भएको तेस्रो कार्यवर्षमा उपर्युक्त कामहरू पूरा गर्न सकेको, नसकेको तथा सकिने अवस्था रहे नरहेको बृहत समीक्षा गरि असफल भएको खण्डमा सम्पुर्ण वडावासी समक्ष माफी माग्दै तत्काल राजिनामा दिने र जस्तोसुकै जनकारबाही भोग्न तयार रहेको प्रतिवद्वता व्यक्त गर्दै यस वडाको समुन्नतिको निम्ति तपाईंहरूको अमुल्य मत प्रदान गर्नुहुन सबैमा अनुरोध गर्दछू। धन्यवाद!