गोरखा- स्थानिय निर्वाचन नजिकिदै गर्दा वडा र पालिकामा उम्मेदवारी दिनेहरु ह्वात्तै बढेको छन । उम्मेदवारी दिएका हरुको मनोनयन फिर्ता गर्ने आज अन्तिम दिन भएपनि देश ब्यापी रुपमा बागी र स्वतन्त्र उम्मेदवार दिनेहरु उल्लेखनीय संख्यामा देखिएको छन ।
सोहि क्रममा गोरखा नगरपालिका वडा न ११ मा पनि स्थानिय युवा सुरेन लामिछाने “अमृत” ले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन । उनले आफ्नो घोषणापत्रमा भनेका छन :-
समावेशी लोकतन्त्र सबैको विकास,
स्वतन्त्र ले दिन्छ, देशलाई निकास!
पार्टि रोज्यौं पटकपटक, स्वतन्त्र रोजौं यसपटक!
वडाध्यक्षमा मेरो स्वतन्त्र उम्मेदवारी किन?
- पार्टीको नभै आमजनताले चुनेको, सबै जनमानसले बिश्वास गरेको जन प्रतिनिधि हुनका लागि
- वडाको भिजन तथा माग वडावासीहरुले चाहे अनुरुप नै गर्न र गराउन को लागि
- हाम्रो गुमेका र ओझेलमा परकेा मौलिक र सांस्कृतिक पहिचान पुनर्जागृत गर्न को लागि
- प्राकृतिक सम्पदाको संम्रक्षण गर्नको लागि
- वडावासी कै इच्छा अनुरुप वडाको प्रसाशन चलाउनको लागि
- हरेक बिकास निर्माणका कार्यहरु र समस्याहरु वडावासी कै रोहबरमा गर्न र गराउन
- पर्यटकीय स्थलको अनुगमन र सर्वेक्षण गरि वडाको परिचयात्मक संरचना निर्माण गर्ने र रोजगारीको अबसर सृजना गर्ने
- परम्परागत कृषि प्रणालि को अन्य गरि यान्त्रीकिकरण र जैबिक खेति प्रणाली को ब्यबस्था गरि अर्गानिक उत्पादनमा जोड दिनको लागि
माओवादी केन्द्र पार्टीका युवा नेता लामिछानेले पार्टी बाट टिकट नपाएपछी बागी उम्मेदवारी दर्ता गराएका हुन । स्वच्छ छवि र युवा माझ लोकप्रिय उनले थुप्रै सामाजिक संघ सस्थामा आवद्ध भएर काम गरेको अनुभव छ ।