गाेरखा- भिमसेन थापा गाउँपालिका-१, मसेलमा जनता समाजवादी पार्टी (जसपा)मा पहिराे गएकाे छ । आसन्न बैशाख ३० गते हुन गई गईरहेको स्थानीय निर्वाचनमा टिकट वितरणप्रति असन्तृष्ट भएका करिब ७० जना नेता कार्यकर्ताले पार्टी छोडेका छन् ।
गाउँपालिका अध्यक्ष पदमान शाक्यसहित बिशेष प्रदेश समिति सदस्य एव अन्तराष्ट्रिय नेपाल समाज युएईका कार्यबहाक अध्यक्ष विनाेद श्रेष्ठले पार्टीबाट अलग भएका हुन् । उनीहरूले नेतृत्वले पार्टी भित्र व्यक्तिवाद र नजिकका च्याप्न थालेकाे आरोपसमेत लगाएका छन् ।
नेपाली कांग्रेसकाे आधार इलाकाका रूपमा रहेकाे मसेलमा जसपाबाट अलग हुने निर्णयपछि पार्टीमा ठुलाे हंगमा भएकाे छ । आसन्न निर्वाचनमा सबै एकजुट भइ हाेमिनु पर्नेमा नेतृत्वमा आएकाे विचलनले पार्टी छाेड्नु परेकाे श्रेष्ठले बताए ।