बारपाक- सुलिकोट गाउँपालिका-५, जफदीमा ०३२ साल साउन १४ गते बाबु दिनानाथ भट्ट र आमा गंगा देवीको कोखबाट जन्मिएका बिष्णुप्रसाद भट्ट लाकुरीबोटमा कम्युनिष्ट आन्दोलन मात्रै सिमिति नभई केन्द्रिय स्तरमासमेत परिचित नाम हाे ।
०४७ सालमा सूर्यज्योति माद्यमिक विद्यालय ताकुकोटबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्दा १७० जना विद्यार्थीमा प्रथम भएका भट्ट पढाइमा अब्बल थिए । कृषि विज्ञानमा स्नातक समेत गरेका भट्टको ध्यान आफ्नो पढाईमा भन्दा पनि समाजसेवामा नै थियो । त्यसैले उनले समाजसेवालाई निरन्तरता दिनका लागि सबैभन्दा उत्तम थलोका रुपमा राजनीति देखे ।
विद्यालयको समयमा नै कम्युनिष्ट पार्टीको सदस्यता लिएका भट्ट ०४८ साल देखि ०५० सम्म अखिल क्रान्तिकारी लमजुङ जिल्ला सचिव भए । ०५२ सालमा माओवादीले महान जनयुद्धको घोषणा गरेसंगै पूर्णकालिन सदस्यका रुपमा राजनीतिमा होमिएका भट्ट सुरुवाती दिनमा नै प्रहरीद्वारा गिरफ्तार भए । केही दिनको हिरासतबाट निस्किएका भट्ट माओवादी आन्दोलनमा होमिएर देशका विभिन्न कुनाकन्दरामा पुगे ।
महान जनयुद्धको इतिहास गोरखासंग जसरी जोडिएको छ, सो इतिहासमा भट्ट परिवारको झनै ठूलो इतिहास जोडिएको छ । जनयुद्धका पहिलो शहिद दिल बहादुर रम्तेल बारपाक-सुलिकोट गाउँपालिका कै हुन् भने जिल्लाको पहिलो महिला शहिद भट्टकी दिदी कमला हुन् । माओवादी पार्टीबाट जनताका लागि लड्दै गर्दा तत्कालिन समयमा राज्यको तर्फबाट क्रुरतापूर्वक उनको दरौँदी नदीमा हत्या गरिएपछिको अवस्थामा शोकलाई शक्तिमा बदल्दै भट्ट झनै पार्टीमा दरिलो रुपमा लाग्न थाले ।
अन्यायमा परेका जनताका लागि अग्रपंक्तिमा रहेर लड्ने भट्ट सोही क्रममा बाग्लुङमा ०५७ साल माघ २ गते पक्राउ परे। तर, आफ्नो सिद्धान्तमा कहिल्यै विचलन नल्याउने भट्टलाई राज्यले ०६१ साल पुष ९ गते बाध्य भएर थुनामुक्त ग¥यो । जनयुद्धमा सक्रियता पूर्वक लागिरहेकी भट्टकी बहिनी बिमला सोही वर्ष आफ्नो बा-आमालाई भेट्नका लागि गाउँ पुगेका बखत सुराकीका कारण सेनाद्वारा लाकुरीबोटमा ज्यान गुमाउन पुगिन् ।
उनै भट्ट बारपाक-सुलिकाेट गाउँपालिकाबाट माओवादी केन्द्रका तर्फबाट स्थानीय तहकाे निर्वाचनमा हाेमिए । र, निर्वाचित भएर स्थानीय सरकार सञ्चालन गर्ने अवसर पाए । २०७४ काे स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर घलेलाई १ हजार ६३७ मतले पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका भट्टले विकास र समृद्विका धेरै योजना अगाडि सार्दै कार्यकालको अन्तिम बजेट ल्याए । कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको बारपाक-सुलिकाेटले २०७९ सम्म आँउदा पाँच बर्षे कार्यकाल सकियाे ।
२०७४ काे निर्वाचनका बेला गरेका ८० प्रतिशत प्रतिवद्धता पूरा गरेको र अब केहि रणनीतिक याेजनामा काम गरिरहेकाे दाबी गरेका भट्ट फेरि बारपाक-सुलिकाेट गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बनेका छन् । उनै भट्टसंग पछिल्लाे पाँचवर्षे कार्यकाल तथा चुनावी प्रतिबद्वता, कार्यान्वयन अनि समीक्षाका साथै आसन्न स्थानीय निर्वाचनका विषयमा गोरखा सन्देशका लागि लीलाधर काेइरालाले गरेको कुराकानीको सम्पादित अंश ।
स्थानीय सरकारको नेतृत्वमा रहेर काम गर्दाको अनुभव कस्तो र¥यो ?
स्थानीय सरकारको पाँच बर्ष काम गर्ने जुन अवसर हामीले पायाैं । त्यसका लागि बारपाक-सुलिकोट गाउँपालिकाका सम्पूर्ण आम जनता र माओवादी केन्द्रलाई धेरै धन्यवाद । यो पछिल्लो पाँच बर्षमा हामीसंग धेरै अप्ठ्यारा दिनहरू थिए । जस्तोकी केन्द्रले प्रशासनिक केन्द्र भनेर ताकुकोटलाई भनेको थियो । अझ हामीलाई सौरपानीमा केन्द्र लैजाने या के भन्ने अन्याेल कायम नै थियो । यसलाई हल गर्दै हामीले जग्गा खरिद गरि प्रशासनीक भवन ताकुकोटमा बनायौं । यसबाट साैरपानीका धेरै स्थानीय असन्तृष्ट हुनुभयाे ।
(बाेल्दा बाेल्दै) …… पालिकाकाे प्रशासनीक भवन हुण्डी फाँटमा बनाउने जुन बिषय थियाे । त्यसलाई कसरी हल गरि ताकुकाेटमा बनाउनु भयाे ? यसले झन समस्या भएकाे थियाे हाेइन र ?
हामीलाई धेरै समस्या थियाे । निश्चित रूपमा ठुलाे बहस र विवाद थियाे । हामीले त्यसलाई मुख्य गरि दुई तरिकाले हल ग¥याैं भन्ने लाग्छ। पहिलाे, सुरूका दिनका केन्द्रले ताकुकाेटलाई केन्द्रका रूपमा कायम ग¥याे । केन्द्र ताकुकाेटमा कायम भइरहेकाे विषयमा केन्द्र अन्त लैजाँदा पनि विवाद हुने सम्भावना धेरै नै थियाे । र, ताकुकाेटमा राख्दा पनि साैरपानीकाे विराेध पनि कायम नै थियाे । साैरपानीका जनप्रतिनिधिले गाउँसभा नै बहिस्कार गर्नु भएकाे थियाे। दाेस्राे, पहिला सुलिकाेट गाउँपालिका मात्रै थियाे । हामीले पछि बारपाक थपेर बारपाक-सुलिकाेट गाउँपालिका बनायाैं । साैरपानीकाे भूगाेलमा पालिका भवन बनाउन नसकिए पनि १५ शैय्याकाे अस्पताल, बारपाक प्राविधिक शिक्षालय साैरपानीकाे भूगाेलमा बनाउन सफल भयाैं । पालिका भवन साैरपानीमा पु¥याउन नसकिएपनि शिक्षालय र अस्पाताल लैजान सफल भयाैं । यसबाट त्यहाँबाट स्थानीयसमेत लाभावभित हुनुभयाे । हाम्राे पाँच बर्षकाे कार्यकाल सफल भएकाे हामीले र जनताले पनि अनुभुति गर्नु भएकाे छ ।
यो कार्यकालमा उल्लेखनीय के काम गर्न सकियो भन्ने लाग्छ ?
नेपालका अरू भूगाेल भन्दा बारपाककाे भूगाेल धेरै जटिल थियाे । अझ २०७२ काे भुकम्पकाे केन्द्र रहेकाे बारपाकमा हामीले पहिलाे बर्ष पूननिर्माणमा नै बितायाै । घरबार विहिन जनताका समस्या हल गर्न पहिलाे बर्ष सकियाे । गाउँपालिकाकाे संरचना हल गर्न सफल भयाैं । १५ शैय्याकाे अस्पताल बन्ने क्रममा छ । अरू स्थानीय तहमा जग्गा नपाएर अस्पाताल निर्माणमा विवाद नै छ । प्राविधिक शिक्षामा हामीले तिन वर्षे डिप्लाेमा पढाउन सफल भएका छाैं । याे बारपाक-सुलिकाेटका लागि गर्वका कुरा हाे ।
नागरिकका अपेक्षा कति पूरा भए भन्ने लाग्छ ?
नेपालकाे हिसावमा भन्दा राेजगारीकाे सबैभन्दा ठुलाे समस्या हाे । यसमा हामी (स्थानीय) ले मात्रै गरेन नहुने रहेछ । घर दैलाेकाे सेवाका रूपमा रहेकाे स्थानीय सरकारले चाहेकाे जति राेजगारी दिन नसक्ने रहेछ । कानुनले किटान गरेका सेवाहरू मात्रै स्थानीय सरकारले दिन सकिने रहेछ । दैनिक सेवाका हिसावले हामीले दिने सेवा हामीले दिन सफल भयाैं र यसबाट स्थानीयकाे अपेक्षा पनि पूरा भए भन्ने लाग्छ । तर, पछिल्लाे पाँच बर्ष नीति निर्माणकै क्रममा रहेकाले स्थानीयले साेचेजतिकाे अपेक्षा चाँहि पूरा भएन कि भन्ने लाग्छ ।
स्थानीय तहको निर्वाचनका बेला गरिएका प्रतिबद्वता के कति पूरा गर्नुभयो ?
स्थानीय तह निर्वाचनमा सार्वजिनक गरेका प्रतिवद्वाता हामीले ८० प्रतिशत हिस्सां पूरा गरेका छाैं । यसमा म बिशेष जाेड दिन चाहान्छु । प्रतिपद्वताका केहि हिंस्सा थियाे । जुन चाँहि रणनीतिकका हुन् । त्यसकाे सुरूवात भएकाे छ । जस्तै, ध्याम्पेशालबाट बारपाक जाने सडक कालाेपत्रेकाे याेजना थियाे । यसमा तल्लाे खण्ड प्रदेश सरकारले र माथिल्लाे खण्ड प्रदेश सरकारले ठेक्का लगाएर काम गर्न सुरू गरिसकेकाे छ । हाम्रा लागि याे विशेष याेजना हाे ।
भिडियाे
१५ शैय्याकाे अस्पताल, प्राविधिक शिक्षालय पढाइ सुरू भयाे । भवन निर्माणका क्रममा छ, एक घर एक घारा ८० प्रतिशत घरमा पुगिसेका छन् । ८३ प्रतिशत घरमा धारा पुगिसकेकाे छ । बारपाकमा ४२ कराेडकाे ढलकाे काम सुरू भइसकेकाे छ । याे हाम्राे निम्ति रणनीतिका याेजना सुरू हुनु भनेकाे हाम्राे उपलब्धि हाे । हामीले गर्न खाेजेका धेरै याेजना छन् । जुन हामीले गर्दै छाैं । गर्ने क्रममा छाैं ।
अन्तिम कार्यकालको बजेट पनि सार्वजनिक भईसक्यो ? त्यो बजेटमा के चाँहि योजनाले प्राथमिकता पा¥यो ?
जनताका सेवा प्रवाह गर्ने क्रममा हामीले सहज, सुलभ र भरपर्दाे तरिकाले सेवा प्रवाह गराैं । अहिले बजेट कार्यनव्यनकाे क्रममा छ । हामीले पूराना काम सक्ने विषयमा हाम्राे बजेट केन्द्रीत छ ।
संघिय सरकारकाे मापनमा बारपाक सुलिकाेट जिल्लाको प्रथम भयाे । साँच्चिकै तपाईहरूले भनेकाे अधिकार बारपाकमा पुगेकाे अनुभुती भयाे कि भएन ?
त्याे मापन एउटा महत्वपूर्ण कुरा थियाे । हामीले भनेका अधिकार सबै जनताकाे पुगेकाे अनुभूति चाँहि अलि भएन कि जस्ताे लाग्छ । तत्काल त्यसरी प्राप्त हुने अलि सम्भावना पनि कम भयाे । याे अलि रणनीतिक बिषय हाे । अधिकार प्राप्तिका कुरा । मूलभुत रूपमा हामी समाजवादी राज्य व्यवस्थामा स्थापनाकाे दिशामा चाँहि अघि बढिरहेकाे समयमा सबैधानिक प्रावधान अन्तर्गत राज्य संरचनालाई लाेकल्याणकारी राज्य बनाउन लाग्न पर्छ भन्ने दिशामा लागेका हाैं । शिक्षा, स्वास्थ्य र जिविकाेपार्जन क्षेत्रमा राेजगारी सिर्जना मुख्य पक्ष हाे जस्ताे मलाइ लाग्छ । यसमा हामीले धेरै प्रगति गरेका छाैं । र, जनताका निम्तिका अपेक्षा गरिएका जति दिन सकिएन कि भन्ने पनि लाग्छ ।
प्रदेश र संघीय सरकारको सहयोग कस्तो पाउनुभयो ? स्थानीय तहलाई प्रदेश र संघ सरकारले कस्तो खालको सहयोग गरिदिए काम गर्न अझै सहज हुन्छ जस्तो लाग्छ ?
प्रदेश र स्थानीय तहका सरकार संघियाताकाे प्रारम्भिक अभ्यासमा भएकाले केयाैं कुरामा अलमलमा परे । स्थानीय तहकाे अधिकार अझै खुच्चाउन संघ र प्रदेश सरकार लागेका छन् । स्थानीय तहलाई केयाैं अधिकार संघ र प्रदेश सरकारले दिएपनि खुम्चाउने काम भएकाे छ ।तल जानु पर्ने अधिकार माथिल्ला तहका जनप्रतिनिधि र राज्य सञ्चालन गर्ने निकायले खुच्चाएकाे हाे कि भन्ने अनुभुति भएकाे छ ।
संघियातलाई साघुराे बनाउने तरिकाले राज्य संरचना लागि परेकाे छ । याे खेदजनक हाे । स्थानीय तहलाई बलियाे बनाउन लागे मात्र हामीले खाेजेकाे बिषय पाउन सकिन्छ ।
प्रदेश र संघका जनप्रतिनिधिले बारपाकलाई कतिकाे सहयाेग गर्नु भयाे ? एक खालकाे टसल देखिएकाे थियाे ? त्याे कसरी हेर्नु भएकाे छ ?
म कसैलाई दाेष दिन चाहान्न । हामी सबैंधानी जिम्मेवारी पालना गर्ने कुरा हाे । याे उहाँ (संघ र प्रदेशका सांसद)हरूले विवेक अनुसार कुरा हाे । नेपालकाे राजनीतिमा एक प्रकारकाे विकृति छ । नेपालका जनप्रिनिधि भनेकाे विकास निर्माणमा याेजना बनाउन लाग्नु पर्ने कुरा हाे । तर, एक लाखकाे दुई लाखको बजेट बाँडेर लोकप्रियता हासिल गर्ने जनप्रतिनिधिको भोक अझै पनि मेटिएको छैन, यो स्थानीय सरकारको निम्ति दुर्भायपूर्ण कुरा हो । जनप्रतिनिहरूले आफ्नाे जिम्मेवारी पूरा गर्नुपर्ने कुरा हाे ।
तपाईंले गर्नु पर्ने या गर्न बाँकि रहेका याेजनाहरू के के छन् ?
मेराे सपना १५ शैय्याकाे अस्पाताल सञ्चालन गरेर गरिविकाे रेखामुनि रहेकालाक्ष निशुक्ल सेवा दिने, प्राविधिक मैत्री शिक्षा दिने, पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिने गरि काम गर्ने हाे । अझ थप पाँच बर्ष काम गर भनेर पार्टीले मलाई टिकट दिएकाे छ । हिजाे काम गर्ने कुरामा हामीबाट अजानमा केहि कमिकमजाेरी भएका हाेलान् । त्याे हाम्राे नियतबंश नभएर कानुनी केहि अडचनले त्यस्ताे भएकाे हाे । हामी त्याे सच्चाउने छाैं । आम जनसमुदायलाई म के भन्न चाहान्छु भने हामीले संग्रह बारपाक बनाउन धेरै याेजना अघि सारेका छाैं । अहिले देखिने गरि केहि याेजना निर्माणका क्रममा छ र आगामी दिनमा त्याे पूर्णता पाउन सक्छ ।
हामी निरन्तर यहि क्षेत्रमा लागि परेका छाैं । फेरि पनि मलाई के आशा र भराेशा छ भने फेरि पनि बारपाकमा हाम्राे उपस्थिति बलियाे हुने छ र हामीले छाेडेका अधुरा विकासका याेजना पूरा गर्ने अवसर प्राप्त हुनेछ । हामी शासक हाेइन, सेवक बन्न फेरि बारपाक-सुलिकाेटकाे दुष्टिकुचक हुनेगर याेजना बनाएका छाैं । त्यसलाई पुरा गर्छाै ।