गाेरखा- नेपाली कांग्रेस, पालुङटार नगरपालिकामा हंगमा मच्चिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मेयर पदका उम्मेदवार दीपकबाबु कंडेलको उम्मेदवारी फिर्ता गर्न पत्र पठाएपछि पालुङटार कांग्रेसमा हंगामा मच्चिएको हो ।
मेयर पदका उम्मेदवार कंडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका थिए– ‘नेपाली कांग्रेस पार्टीलाई पालुङटार नगरपालिकाको प्रमुख पदमा मलाई उम्मेदवार बनाएको भएतापनि पछिल्लो समय नेपाली कांग्रेस केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी सम्पूर्ण नगरबासी दाजुभाइ दिदीबहिनीहरु समक्ष पार्टीको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्दछु ।’
मेयर पदमा देउवाले हस्तक्षेप गरेको भन्दै कांग्रेसबाट उम्मेदवार बनेका १० वटै वडाका उम्मेदवारले सामुहिक राजिनामा दिएका छन् । देउवाले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार प्रेम बहादुर गुरूङलाई सहयाेग गर्न भन्दै गत १२ गते पत्र पठाएका थिए ।
पालुङटारका १० वडाका वडाअध्यक्षका उम्मेदवारले नगर सभापति विमल ढकाललाई राजिनामा बुझाएका हुन् । साँझ बसेकाे नगर समितिकाे बैठकले नगरसमिति मार्फत जिल्ला कार्यसमिति, गाेरखामा राजिनामा पत्र पठाउने निर्णय गरेकाे एक नेता बताउँछन् ।
भन्छन्- ‘नगरका १० वडाका वडाअध्यक्षका उम्मेदवारले सामुहिक राजिनामा दिनु भएकाे छ । उहाँहरूले नगरसमितिमा राजिनामा बुझाउनु भएकाे हाे । अहिले नगरकाे बैठकबसिरहेकाे छ । यहाँबाट जिल्ला कार्यसमितिमा राजिनामा बुझाउन तयारी गरेका छन् ।’
जिल्ला कार्यसमितिका अनुसार पालुङटारकाे विवाद सञ्चार माध्यम मार्फत थाहा पाएकाे भए पनि आधिकारिक जानकारीमा नआएकाे दावी छ । गत बैशाख १६ गते जसपाका संघिय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र पार्टी सभापति देउवाविच भएकाे सहमति अनुसार पालुङटारमा गठबन्धन बनेकाे थियाे ।
ढिलाे गरि निर्वाचन अधिकृतकाे कार्यलयमा कांग्रेसबाट मेयर पदकाे उम्मेदवारी फिर्ताकाे पत्र पाएकाे भन्दै कंडलेकाे उम्मेदवारी कायम राखेकाे छ । साथै, मेयर पदका उम्मेदवार कंडेल कुनैपनि हालतमा पालुङटार अन्य पार्टीलाई छाेड्न नसक्ने बताउँदै आएका थिए ।
याे पनि,
पालुङटारमा कांग्रेस र जसपाबीच तालमेल, पछि हटे कँडेल
देउवाले खोसे पालुङटार मेयरको टिकट
बाबुरामकाे साख र इज्जत जाेगाउन कांग्रेसले पालुङटारमा गठबन्धन गर्दैन