गाेरखा- मुलुकभर चुनाबी सगर्मी बढिरहँदा गोरखाको गण्डकी गाउँपालिकाको टोलटोलमा चुनाबी चर्चा बढेको छ । करिब २३ हजार बढि जनसंख्या रहेको पालिकामा १८ हजार ५ सय मतदाता रहेका छन् ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन आउन अब एक हप्ता मात्रै बाँकी छ । गाउँपालिकाको अध्यक्ष पदका उम्मेवार नेकपा (माओवादी केन्द्र)बाट दिपक तिमिल्सिना ‘साकार’ बलियो दाबेदार हुन् । उनीसँग कडा प्रतिस्पर्धामा यस अघि पालिका अध्यक्षसमेत रहेका नेपाली कांग्रेसका तर्फबाट होम बहादुर रानामगर चुनावी प्रतिस्पर्धामा छन् ।
सत्तारूढ चारवीचकाे गठबन्धनकाे नियम गण्डकीमा लागू भएन । यस अघि ५ वर्षका लागि पालिकाको विकास गर्न मौका पाएका कांग्रेसका उम्मेदवार रानामगरले सुशासन, समानुपातिक विकासगरी नमुना गाउँ बनाउन नसक्नु नै उनका लागि चुनौति बनेको स्थानीयको मत छ ।
माओबादीका उम्मेद्वार तिमिल्सना अहिले चुनावी भेटघाटमा व्यस्त छन् ।
एक निष्ठावान्, स्पष्ट र खरो स्वभावका माओबादी नेता तिमिल्सना जनयुद्धको पृष्ठभूमिबाट आएका नेता हुन् । अहिलेसम्म स्वच्छ छबि बनाएका नेता तिमिल्सना समाजमा र पार्टी भित्र पनि इमानन्दार नेताका रुपमा चिनिन्छन् ।
यति बेला जनताको घरदैलोमा भोट माग्दै हिडिरहेका तिमिल्सना पालिकाको सबै क्षेत्रलाई नमुना गाउँ बनाउने सपना राखेको बताउँछन् । एक कुराकानीमा उनले कुरा हैन काम गरेर देखाउन चाहेको बताए । सुशासन, पूर्वाधार विकास, गरिबी निवारण आफ्नो मूख्य योजना रहेको उनले बताएका थिए । यस्तै शिक्षा, स्वास्थ्य मौलिक हक अधिकार सुनिश्चित गर्नु आफ्नो कर्तव्य रहेको उनले सुनाए ।
गाउँको समस्यालाई नजिकबाट बुझेका राजनीतिक भिजन बोकेका तिमिल्सना गण्डकीबासीको आशाको केन्द्र समेत भएको स्थानीय बताउँछन् । जनताले जिताएपछि आफ्नो प्रतिबद्धतामा इमान्दारका साथ सेवामा लाग्ने उनले बताए । उनले भने, ‘जनताको प्रतिक्रियाबाट उत्साहित छु मेरो जित निश्चित छ । बोलेर होइन काम गरेर देखाउँछु ।’
साकारले ११३ बुँदामा आफुले गर्ने कामहरुको योजनाहरु पनि सार्वजनिक गरेका छन् ।
उनले समावेशीता र उत्कृष्टताको सिद्धान्तलाई लागु गर्ने, समृद्ध गण्डकी, सांस्कृतिक तथा कृषि पर्यटन, उद्योग, एक गाउँ एक उत्पादन, निशुल्क स्वास्थ बिमा, पशु बिमा, प्राविधिक शिक्षालय, युवा स्वरोजगार, पालिका केन्द्रको सुगमता जस्ता कार्यक्रम अघि सारेका छन् ।
गण्डकीलाई नमुना पालिका बनाउन आफु प्रतिबद्ध रहेको उनले बताए । गण्डकीले सहि नेतृत्व नपाउदा धेरै पछि परेको उनकाे बुझाँइ छ । जसको नीति उसको नेतृत्व भएमात्र गाउँपालिकाको मुहार फेरिन सक्ने तिमिल्सनाको तर्क छ ।
यस्तो छ ११३ बुँदामा दिपक तिमिल्सनाको प्रतिबद्धता
दीपक तिमिल्सना