काठमाडौं- सरकारले बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
सरकारले आगामी जेठ ३ गते ४ बजेका लागि संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को आइतबारको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।