काठमाडौं– यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डिभी) लट्री २०२३ को नतिजा सार्वजनिक गरेको छ ।
शनिवार राती नतिजा प्रकाशित गरिएको हो । यसअघि २०२१ अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म इलेक्ट्रोनिक आवेदन लिइएको थियो ।
डिभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डिभी प्रोग्राम डट स्टेट डट जिओभी लग इन गरेर हेर्न सकिन्छ ।
संयुक्त राज्य अमेरिकाले वार्षिक ५० हजार मानिसलाई डिभी लट्रीमार्फत आफ्नो देशमा भित्र्याउने गरेको छ।