गाेरखा- भिमसेन थापा गाउँपालिका-६, अश्राङ भन्ताना गाउँकी ७० बर्षिय महिला गत विहिबारदेखि हराएकी छिन् । शहिद लखन गाउँपालिका-९, नाम्जुङबाट ७० बर्षिय महिला हराएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय गाेरखाका अनुसार चुडामाया बन्तना नाम गरेकी गाेहाेगाेरी वुद्व महिला गत बिहिबारदेखि हरराएकी हुन् । उनकाे खाेजी कार्य गरिदिन नाति सन्ताेष लामिछानेले अनुराेध गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय गाेरखाका अनुसार उनकाे खाेजी कार्य तिव्र भएकाे भएपनि थप खाेजतलास गर्न प्रहरी गण्डकी प्रदेश कार्यालय, खाेजतलास शाखामार्फत प्रदेशका एघार जिल्लामा पत्राचार गरिएकाे जनाएकाे छ ।
उनी अश्राङ घरभएपनि नाम्जुङमा छाेरीकाे घरमा बस्दै आएकी थिईन ।