गोरखा– गण्डकी गाउँपालिका वडा नम्बर ७ स्थित ज्ञानभुमी माध्यमिक विद्यालयको मतदान स्थलमा गोली चलेको छ ।
कांग्रेस र माओवादीका कार्यकर्ताहरुबीच दुई पक्षिय झडप भएपछि अबस्था नियन्त्रणमा लिन एक हवाई फाएर गरेको प्रहरीले जनाएको छ ।
कांग्रेसका कार्यकर्ताले आमाको पनि मतदान आफैले लगेर गरेको र पछि आफ्नो हाल्न जाँदा माओवादीका कार्यकर्ताहरुले नदिएपछि झगडा भएको रहेछ । झडप नियन्त्रणमा लिन खोज्दा एक राउण्ड हवाई फाएर भएको हो’, प्रहरी निरिक्षक ज्ञानेन्द्र कुमार श्रेष्ठले भने ।
उनीहरुले मतदान केन्द्रको बार भत्काए, कर्मचारीहरुले ब्यालेट बक्स कोठाभित्र लुकाउनुभयो,’ उनले भने, ‘सर्वदलीय बैठक बसेर अहिले मतदान पुनः सुरु भइसक्यो ।’ सो मतदान केन्द्रमा अहिले नेपाली सेनासहित थप सुरक्षाटोली खटाइएको छ ।