गोरखा- पालुङटार नगरपालिका वडा नं १ मा जनता समाजवादी पार्टी (जसपा को प्यानल नै विजयी भएको छ ।
वडाअध्यक्षमा दोस्रो कार्याकालका लागि कृष्णबहादुर परियार ६ सय ४८ मतका साथ निर्वाचित भएका हुन् । याे संघिय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको गृहवडा हाे ।
उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका रेशमबहादुर थापाले ५ सय २ मत, नेकपा माओबादी केन्द्रका सुरेन्द्र श्रेष्ठले ३ सय ७० र एमालेका भोलाकुमार श्रेष्ठले १ सय ६५ मत प्राप्त गरेका थिए ।