गाेरखा- जिल्लाका स्थानीय तहका पालिका प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कुल ११ स्थानीय तहमध्ये जारी मत परिणमअनुसार कांग्रेसले पाँच स्थानीय तहमा पालिका प्रमुख पदमा अग्रता लिएको हो ।
प्रारम्भिक परिणमअनुसार कांग्रेसले जिल्लाका गाेरखा नगपालिका, सिरानचाेक गाउँपालिका, आरूघाट गाउँपालिका, भिमसेन थापा गाउँपालिका र बारपाक-सुलिकाेट गाउँपालिकामा अग्रता लिएकाे हाे ।
कांग्रेसलाई पछ्याउदैं नेकपा माओवादी केन्द्रले जिल्लाका चार स्थानीय तहकाे प्रमुखमा अग्रता लिएकाे छ । माओवादीले गण्डकी गाउँपालिका, पालुङटार नगरपालिका, अजिरकाेट गाउँपालिका र धार्चे गाउँपालिकामा अग्रता लिएकाे हाे ।
शहिल लखन गाउँपालिकामा नेकपा एमालले अग्रता लिएकाे छ भने माओवादी केन्द्रले पछ्याईरहेकाे छ । उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकाकाे अपडेट पाउन सकिएकाे छैन ।
कांग्रेस
गाेरखा नगरपालिका : राजन राज पन्त- १२४७
बारपाक-सुलिकाेट : जित बहादुर घले- ४९६
सिरानचाेक : ज्ञानेन्द्र गुरुङ- १५९
भिमसेनथापा : रोशन गुरुङ- २८२
आरूघाट : राजु गुरुङ- १५३
माओवादी
पालुङटार नगरपालिका : विवस चिन्तन- ६७३
गण्डकी गाउँपालिका : दीपक तिमिल्सिना- ३७८
अजिरकाेट गाउँपालिका : दीपक देवकाेटा- ९५५
धार्चे गाउँपालिका : लक्ष्मण गुरुङ- २४५
एमाले
शहिद लखन : मनोज कुमार जोशी- २६२
[ अपडेट समय ८: २०]