गाेरखा- अजिरकाेट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले वडा न १, २ र ३ मा विजयी हासिल गरेकाे छ ।
शनिबारबाट सुरू भएकाे मत गणना अनुसार अजिरकाेटमा माओवादी जित नजिक पुगेकाे हाे ।
माओवादीले अजिरकाेटमा कार्यपालिकामा बहुमत पाईसकेकाे छ । कार्यपालिकामा अजिरकाेटमा १३ सदस्य आबश्यक पर्ने छ । पालिका सभामा समेत माओवादीले बहुमत नजिक पुगसकेकाे छ । पालिका सभामा २७ सदस्य रहने ब्यबस्था छ ।
२०७४ काे स्थानीय निर्वाचनमा माओवादीले वडा न १ र ५ मा निर्वाचित भएकाे थियाे । अहिले वडा न ३ काे मत गणना सकेर वडा न ४ काे मतगणना सुरू भएकाे छ ।
प्राप्त प्रारभिक मतपरिणाम अनुसार माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार दीपक देवकाेटाले १७२४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गाेविन्द्रबहादुर गुरूङ १३०० मतका साथ पछ्याउँदै छन् ।
उपाध्क्षमा पनि माओवादी केन्द्रका उम्मेदवार अनिता भूजेलले अग्रता लिएकी छिन् । उनालाई कांग्रेसका उम्मेदवार ईन्द्रा गुरूङले पछ्याउँदै छिन् ।