गाेरखा- मतगणनाको दोस्रोदिनको बिहानसम्म २० वटा वडाको अन्तिम नतिजा आएको छ । जसमध्ये नेकपा माओवादी केन्द्रले १० वटा वडा जितेको छ । कांग्रेसले ८ वटा, एमालेले २ वटा र जसपाले एउटा वडामा जितेकाे छ ।
माओवादी केन्द्रले पालुङटार नगरपालिका १०, अजिरकोट गाउँपालिका वडा नं. १ र २ र ३ धार्चे गाउँपालिकाको वडा नं. १ र २, चुमनुब्री गाउँपालिकाको वडा नं. ६, भीमसेन थापा गाउँपालिका १, सहिदलखन गाउँपालिकाका वडा नं. २ र गण्डकी गाउँपालिका १ मा जित हात पारेको छ ।
निर्वाचन कार्यालयका अनुसार पालुङटार १० मा ऋषिराज धौराली, अजिरकोट १ मा मनोज गुरुङ, २ मा कृष्णबहादुर गुरुङ र ३ मा बाबुराम अधिकारी, धार्चे १ मा रामसिँह गुरुङ, २ मा सरोज गुरुङ विजयी भएका हुन् । त्यस्तै चुमनुब्री ६ मा सरोज लामा, भीमसेन १ मा विकास श्रेष्ठ, सहिदलखन २ मा सकुन थापा र गण्डकी १ मा तोपमान गुरुङ वडाअध्यक्ष भएका हुन् ।
त्यस्तै नेपाली कांग्रेसले गोरखा नगरपालिका वडा नं. १ र २, सिरानचोक १, बारपाक सुलीकोट १ र ३, आरुघाट गाउँपालिका १, २, ३ मा जित हात पारेको हो ।
गोरखा नगरपालिका १ मा हिक्मतजंग कुँबर, २ मा रहमतुल्ला मिया, सिरानचोक १ मा मनिता गुरुङ वडा अध्यक्ष भएका छन् । त्यस्तै बारपाक सुलीकोट १ मा धनबहादुर घले, ३ मा बलबहादुर गुरुङ, आरुघाट १ मा गजे घले (सानु), २ मा रमेशकुमार लामिछाने, ३ मा टेकबहादुर अधिकारी वडाअध्यक्ष बनेका छन् ।
एमालेले गोरखा नगरपालिका ३ र शहीदलखन गाउँपालिका १ मा जीत हात पारेको हो । गोरखा नगरपालिका ३ मा चुलबहादुर कुँबर(सानुकाजी) र सहिद लखन १ मा प्रेम गुरुङ वडाअध्यक्ष बनेका हुन् ।
पालुङटार नगरपालिका १ मा जसपाका कृष्णबहादुर परियार वडाअध्यक्षमा विजयी भएका छन् । जिल्लामा ९४ वडा छन्।