गाेरखा- गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपक तिमिल्सनाले अग्रता लिएका छन् । शनिबारबाट भएकाे मत गणनामा वडा १ र २ काे मत परिणाम अनुसार उनले अग्रता लिएका हुन् ।
तिमिल्सनाले नेपाली कांग्रेसका उम्मेदवार हाेमबहादुर रानालालाई ३०२ मतका साथ पछि पार्दै अग्रता लिएका हुन्।
माओवादीका उम्मेदवार तिमिल्सिनाले तिन वडाकाे मत परिणाम अनुसार १४०९ मत ल्याएकाे भने कांग्रेसका उम्मेदवार रानाले ११०७ मतका साथ पछ्याईरहेका छन् ।
उपाध्यक्षमा कांग्रेसका उम्मेदवार ललिता अधिकारीले ११३९ मतका साथ अग्रता लिएकी छिन् । उनकाे प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार भिम नारायण श्रेष्ठले १०८७ मत पाएका छन् । गण्डकीमा माओवादी र जसपाकाे तालमेल बनेकाे थियाे ।
गण्डकीमा २०७४ काे स्थानीय तह निर्वाचनमा कांग्रेसले पालिका अध्यक्ष तथा उपाध्यक्ष जितेकाे थियाे ।
गण्डकी १ काे वडाअध्यक्षमा माओवादीका उम्मेदवार तोपमान गुरुङ प्यानलसहित निर्वाचित भएका छन् । वडा न २ मा पनि माओवादीकै उम्मेदवार प्यानलसहित निर्वाचित भएका हुन् ।