गाेरखा- पालुङटार नगरपालिका नेकपा माओवादी केन्द्रका विवश चिन्तनले अग्रता बनाएकाे छन् । उनका निकटम प्रतिद्वन्द्वि जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार प्रेमबहादुर गुरूङलाई पछि पार्दै अग्रता बढाएका हुन् ।
वडा न १, २, ९ र १० वडाकाे मतपरिणाम अनुसार माओवादीका उम्मेदवार चिन्तनले १५२२ ल्याएका छन् । उनका निकटम प्रतिद्वन्द्वि जसपाका गुरूङले १३२२ ल्याएका छ्न् भने कांग्रेसका उम्मेदवार दीपकबाबु कंडेलले १२४९ मतका साथ पछ्याउँदै छन् ।
उपमेयरले माओवादीका उम्मेदवार बन्दना पाण्डेले १,३४५ मतका साथ अग्रता ल्याएका छिन् । उनका प्रतिद्वन्द्वि कांग्रेसका उपमेयरका उम्मेदवार चेत कुमारी श्रेष्ठले ९७९ मतका साथ पछ्याइरहेकी छिन् ।
२०७४ काे निर्वाचनमा वडा न १ जसपाले, वडा न २ माओवादीले, वडा न ९ कांग्रेसले र १० मा माओवादीले जितेकाे थियाे । १, २, १० काे नतिजा सार्वजनिक भएकाे छ भने वडा न ९ काे मतपरिणाम सार्वजनिक हुदैं छ । वडा न ९ मा कांग्रेले अग्रता लिएकाे छ ।