गोरखा- गण्डकी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीका यमबहादुर थापामगर ८२१ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवबहादुर गुरुङले ७७३ मतमात्र पाएर उपविजेता बनेका छन् । यो वडामा एमालेका उमेदवारले ४५ मत मात्रै पाए । वडाध्यक्ष थापाले कांग्रेसका उम्मेदवार गुरुङलाई ५१ मतान्तरले पराजित गरेका हुन् ।
२०७४ को स्थानीय निर्वाचनमा जितेका गुरुङ यसपटक पराजित भएका छन् । कांग्रेसको गढ मानिने गण्डकी वडा न २ कांग्रेसकी नेत्री कमला पन्तको जन्मस्थान पनि हो ।