गोरखा- बारपाक सुलिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ ।
आइतबार जारी मतगणनामा बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायम गरको हो ।
मतपरिणाम अनुसार माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बिष्णुप्रसाद भट्टले ४ हजार २६९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर घलेले ३ हजार ७८७ ल्याएको छ । यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रले ४ हजार ३६५ र कांग्रेसले ३ हजार ४६३ ल्याएको छ ।
२०७४ काे स्थानीय तह निर्वाचनमा याे पालिका माओवादीले जितेकाे थियाे ।