गाेरखा- गाेरखा नगरपालिकाकाे निर्वाचन राेचक बन्दै गएकाे छ । नगरपालिकामा तित्रपक्षिय भिडन्त भएसंगै नगरपालिकाकाे निर्वाचन परिणाम राेचक बन्दै गएकाे हाे ।
नगरपालिकाकाे वडा नम्बर १-७ को मतगणना सक्किसकेको छ । अहिले वडा नम्बर ८ को मत गणना भईरहेकाे छ।
नगरपालिकाका सात वडाको अहिलेसम्मको मतपरिणाम हेर्दा मेयरमा माओवादी केन्द्रका कृष्णबहादुर रानाले अग्रता लिएका छन् । उनले ३ हजार ६३० मत मत ल्याएका छन् ।
उनलाई कांग्रेसका उम्मेदवार राजनराज पन्तले पछ्याउदैं छन् । पन्तले ३ हजार ५४२ मत ल्याएका छन् । एमालेकी उम्मेदवार सम्झना देवकाेटाले ३ हजार १५५ मतका साथ तेस्राे स्थानमा छिन् ।
उपमेयरमा भने कांग्रेसको अग्रता छ । कांग्रेसकी उपमेयर मसली माया थाेकरलले ३ हजार ६४५ मत ल्याउँदा एमालेको उपमेयर देविबहादुर बस्नेतले ३ हजार ११७ मत ल्याएका छन् भने जनता समाजवादी पार्टी (जसपा)का उपमेयर नारायण खत्रीले २ हजार ३२५ मत ल्याएका छन् ।
गाेरखा नगरपालिकामा कांग्रेस र एकीकृत समाजवदीवीच तालमेल भएकाे थियाे भने माओवादी र जसपाकाे तालमेल थियाे । एमाले एक्लै मैदानमा हाेमिएकाे थियाे ।
नगरपालिकाकाे वडा न १ मा कांग्रेसका हिक्मतबहादुर कुंबर, २ मा कांग्रेसका रहम तुल्ला मिया, ३ मा एमालेका चुल बहादुर कुँबर, ४ मा माओवादीका लालप्रसाद भट्टराई, ५ मा एमालेका खिल बहादुर राना, ६ मा स्वतन्त्र उमेदवार राजेन्द्र कुमार जोशी र ७ मा माओवादीकाका बिष्णु प्रसाद श्रेष्रठ निर्वाचित भएका छन्र ।