गाेरखा- सहिद लदन गाउँपालिकाकाे अध्यक्षमा पुन: रमेश थापामगर निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवार थापामगर नेपाली कांग्रेसका उम्मेदवार नारायण लामिछानेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार शर्मिला श्रेष्ठलाई हराउदैं माओवादी केन्द्रकी उम्मेदवार इन्दिरा तिवारी निर्वाचित भएकी छिन् । उनीहरू दाेस्राे कार्यकालका लागि पुन: निर्वाचित भएका हुन् ।
माओवादीका थापाले ५ हजार ४७४ मत प्राप्त गरेका छन् । कांग्रेसका लामिछाने ४ हजार ४३२ र एमालेमा मनाेज जाेशी ४ हजार ११७ मतका साथ पछ्याइरहेका थिए ।
उपाध्यक्षमा निर्वाचित तिवारीले ४ हजार ९९६ मत प्राप्त गरेकी छिन् । कांग्रेसकी श्रेष्ठले ४ हजार ४३२ मत र एमालेका उम्मेदवार ३ हजार ३७८ मतका साथ तेस्राेमा छिन्।
शहिद लखनमा ८ वडा रहेका छन् । कुल २३ हजार ६१७ मतदाता रहेकाे शहिद लखनमा ७० प्रतिशत मत खसेकाे थियाे । वडा न १ मा एमालेका प्रेम गुरुङ, वडा न २ मा माओवादीका सकुन थापा, वडा न ३ मा कांग्रेसका दीपक पाण्डे, वडा न ४ मा माओवादीका उम बहादुर थापा, वडा न ५ मा माओवादीका यमबहादुर राना निर्वाचित भएका छन् ।
त्यस्तै, वडा न ६ मा कांग्रेसका दीलिप नारायण थापा, वडा न ७ मा कांग्रेसका शरण श्रेष्ठ, वडा न ८ मा कांग्रेसका बासुदेब ढकाल र वडा न ९ मा विजयी भएका छन् ।