गाेरखा- भिमसेनथापा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लोकप्रसाद बन्जारा विजयी भएका छन्।
उनले ५ हजार ६५१ मत ल्याएर अध्यक्ष जितेका हुन्। बन्जाराले नेपाली कांग्रेसका उम्मेदवार रोशन गुरूङलाई हराएका हुन्। गुरूङले ५ हजार १५६ मत मात्रै ल्याएका थिए।
उपाध्यक्ष भने नेपाली कांग्रेसले जितेको छ। कांग्रेसकी उम्मेदवार अमृतादेवी वस्ती भट्टले ५ हजार १४७ मत ल्याएर उपाध्यक्ष जितिन्। २०७४ मा यहाँ बन्जारा अध्यक्षमा पराजित भएका थिए।
भिमसेन थापा कांग्रेसकाे किल्ला मानिन्थ्याे । २०७४ मा यहाँ बन्जारा अध्यक्षमा पराजित भएका थिए। त्यसबेला कांग्रेसका ईश्वर पाण्डेले अध्यक्ष जितेका थिए।
करिब १९ हजार ७२२ मतदाता रहेकाे भिमसेनमा करिब ६५ प्रतिशत मत खसेकाे थियाे । अन्तिम मत परिणाम अनुसार पालिकामा ८ वडामा कांग्रेसले वडा न २, ३ र ४ मा जित हासिल गरेकाे छ । माओवादीले वडा न १, ५ र ६ मा विजयी भएकाे हाे । ७ र ८ काे मतगणना भइरहेकाे छ ।
वडा न १ मा माओवादीका विकास श्रेष्ठ, वडा न २ मा कांग्रेसका नारायण प्रसाद भट्टराई, वडा न ३ मा ऋषिराम लामिछाने, वडा न ४ मा कांग्रेसका धनबहादुर तामाङ, वडा न ५ मा माओवादीका हाेमबहादुर बरामु र वडा न ६ मा माओवादीका रञ्जन रिमाल, ७ मा माओवादीका नारायण श्रेष्ठ र वडा न ८ मा पनि माओवादीका बिश्नु श्रेष्ठ निर्वाचित भएका छन् ।