तनहुँ- आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल निर्वाचित भएका हुन् ।
चुमानले ४ हजार ९४० मत पाए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले २ हजार २३० मत प्राप्त गरे । थापा निर्वतमान अध्यक्ष पनि हुन् ।
उपाध्यक्षमा अर्याल २ हजार ८४८ मत प्राप्त गरी निर्वाचित भइन् । प्रतिस्पर्धी कांग्रेसकी पवित्रा गौलीले २ हजार १८३ मत प्राप्त गरिन् ।
६ वटा वडा रहेको आँबुखैरेनीमा नेकपा माओवादीले ३, कांग्रेसले २ र नेकपा एमालेले एक वडामा वडाध्यक्ष जितेको छ ।
माओवादीले आँबुखैरेनी वडा नम्बर १, २ र ५ मा विजय हासिल गरेको छ । कांग्रेसले वडा नम्बर ३ र ४ मा विजय हासिल गरेको छ भने एमालेले वडा नम्बर ६ मा विजय हासिल गरेको छ ।
२०७४ मा आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र बहुमत वडा जितेको कांग्रेस यो पटक २ वडामा मात्रै सीमित भएको छ ।