गाेरखा- धार्चे गाउँपालिकाकाे अध्यक्षमा लक्ष्मण गुरुङ विजयी भएका छन्। नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका गुरूङ निवर्तमान अध्यक्षलाई १ हजार ८०६ मतान्तरले हराउदैं अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले ३ हजार ७७१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्त बहादुर गुरुङले १ हजार ९४५ मत पाएका थिए ।
उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सुनिला गुरुङ ३ हजार ७८२ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी फूलमाया गुरुङले १ हजार ९७६ मत प्राप्त गरिन् । उपाध्यक्षकाे मतान्तर १ हजार ८०६ रहेकाे छ ।
सात वडा रहेकाे धार्चेमा माओवादी केन्द्रले १,२,४,५ र ७ मा जित हासिल गरेकाे छ । वडा नम्बर ३ र ६ मा नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
२०७४ काे स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टीबाट अध्यक्षमा उम्मेदवार भएका गुरूङ ६८ मतले पराजति भएका थिए ।