काठमाडौं- सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढाएको हो। त्यस्तै पहाडी बाटोमा गुड्ने मालबाहकमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको हो।
गाेरखा-काठमाडाैंकाे भाडा बढेकाे छ । १४१ किलाेमिटर रहेकाे काठमाडाैं-गाेरखा सडकखण्डकाे १४ रूपैंया भाडा बढाएकाे हाे । यसअघि ४२४ थियाे भने अहिले ४३८ पुगेकाे छ ।
जनकपुर-गोरखा सडकखण्डको भाडा बढेको छ । २९६ किलोमिटर रहेको यो सडकखण्डको भाडा ७९८ बाट ८२५ भएको छ । १९५ किलोमिटर रहेको वीरजंग-गोरखा सडकखण्डको भाडा ५५६ बाट बढेर ५७५ पुगेको छ ।
याेसंगै प्रदेश भित्रका जिल्लाकाे भाडा पनि बढेकाे छ । प्रदेश भित्रका अन्य जिल्ला तथा अन्तर जिल्ला चल्ने सार्वजनिक सवारीको भाडा प्रदेश सरकारले बढाउने छ ।
नेपाल आयल निगमले चुनावको भोलिपल्टै अर्थात बैखाश ३१ गते इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको थियो। विभागले केही समयअघि इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो।
समायोजन भएको भाडा राष्ट्रियस्तरका रुटमा जेठ ४ अर्थात भोलीदेखि नै लागु हुनेछ।
final.2079.02.03अन्तरप्रदेशभाडादर2022-05-17_05-15-26-239